back
CTIZAN AD

अपराध नियन्त्रण पहिलो प्राथमिकता : महानिरीक्षक खनाल

वि.सं.२०७५ वैशाख १३ बिहीवार

642 

shares

sarbendra-khanal१३ वैशाख, चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै खनालले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको बताए ।

खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको टिप्पणी गरेका छन् । उनले भने, “प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरुले गर्ने काम संगठनले गरेको काम हुँदैन । संगठनमा केही त्यस्ता किराहरु हुन्छन्, तिनीहरुलाई हटाउनु पर्छ ।” उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै उनले राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारवाही गरिने बताए ।

प्रहरीको दरबन्दी कम रहेको भन्दै उनले मौजुदालाई उच्चतम प्रयोग गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी जुटिरहेको बताए ।
अर्के एक प्रश्नमा आफू प्रहरी प्रमुख भएपछि जनताले अनुभूति गर्ने गरी काम शुरु गरिसकेको बताए । संघीय प्रहरी ऐन बन्दै गरेको भन्दै उनले ऐन आएपछि प्रदेश कार्यालयहरु स्थापना हुने र ऐनले निर्दिष्ट गरेअनुसार काम अगाडि बढाइने बताएका छन् ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार १२:४५ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...