back
CTIZAN AD

एनआरएन यु एस् हेल्प डेस्कको लागि कोष स्थापनाको माग

वि.सं.२०७५ वैशाख १३ बिहीवार

648 

shares

nrna help deskहालै सम्पन्न सान फ्रान्सिस्कोमा सम्पन्न हेल्प यन्ड सेल्फ हेल्प बिषयक बहुमुखी कार्यशाला गोष्ठिमा सहभागीहरुले एनआरए युएस्को हेल्प डेस्कको प्रसँशा गर्दै एनआरएन एनसिसि युएस्ए लाई हेल्प डेस्कको लागि एक छुट्टै कोषको स्थापना गर्ने माग गर्नुभएको छ। केही सहभागीहरुले एनआरएनले लिने १५ डलर सद्स्यता शुल्क मध्य २ डलर हेल्पडेस्क कोषमा राख्न पर्ने सुझाव दिएका छन।

एनआरएन क्यालिफोर्निया च्याप्टर तथा एनआरएन हेल्प डेस्क उत्तरक्यालिफोर्नियाको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा सहभागीहरुले अत्यनत अभिरुची पुर्वक सहभागी हुँदै सो कार्यक्रमबाट आफू निकै लाभान्वित भएको विचार व्यक्त गर्नुभएको एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष राम बाबु पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सँचालन च्याप्टर सचीव रोशन अधिकारीले गर्नु भएको थियो भने एनआरएनए हेल्प डेस्क रेसोर्स पर्सन तथा एनआरएन एनसिसि युएस्एका सल्लाहकार उत्तम कार्किले स्वागत मन्तव्य राख्नुभएको थियो।

सो कार्यक्रमको संयोजन हेल्प डेस्क नर्दर्न क्यालिफोर्निया समितिका संयोजक तुलशी चौलागाइँले गर्नु भएको थियो। कार्यक्रममा एनआरएनए हेल्प डेस्क कि सभापति तथा एनआरएन एनसिसि युएस्एकि उपाधक्ष उमा कार्की थापाले प्रमुख अतिथिको आशनबाट बोल्दै उत्तर क्यालिफोर्नियावासी नेपालीहरुलाई आफूलाई व्यक्तिगत रुपमा र संस्थागत रुपमा सहयोग पुर्‍याउनु भएकोमा हार्दिक आभार प्रकट गर्नुभएको थियो।

nrna help desk1एनआरएन हेल्प डेस्कको भावी योजना बारे प्रकाश पार्दै बिभिन्न क्षेत्रमा कार्यरत एक्स्पर्टहरुलाई हेल्प डेस्कका रिसोर्स पर्सनको रुपमा सहयोग पुर्याउन आव्हान गर्नु भयो। एनआरएनए हेल्प डेस्कलाई सँचालन गर्न कोषको व्यवस्थापन कसरी गर्नु हुन्छ भन्ने प्रश्नको जवाफमा सो बारेमा एनआरएन एनसिसि बोर्डमा राखेको र बोर्डले सो को समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा एनआरएनए हेल्प डेस्क केन्द्रिय समितिकाका सद्स्य सचीव मणी नेपाली पनेरुले हेल्प डेस्कको मिसन भिजन उद्देश्य र कार्यक्रम बारे विस्त्रित रुपमा प्रकाश पार्नुभएको थियो ।

हेल्प यन्ड सेल्फ हेल्प कार्यशाला गोष्ठिमा अध्यावधिक अमेरिकि इमिग्रेशन ल को बारे बिस्त्रित व्यख्या गर्दै इमिग्रेशन अटोर्नी यज्ञनेपालले हाल कानून निकै कडा हुँदै गएको र सो बाट बाँच्न सकिने उपायहरु बारे चर्चा गर्नुभएको थियो। त्यसैगरी रियल्टर वेन नविन अधिकारीले घर किन्दा गर्नु पर्ने तयारी, रिण लिनका लागि चाल्न पर्ने आवश्यक पाइलाहरु र कसरी घर किन्ने क्रममा बढी भन्दा बढी पैसा जोगाउन सकिन्छ भन्ने बारेमा प्रकाश पार्नुभयो । सो अवसरमा भरखर व्यवशाय सुरु गर्नुभएका युवा रियल्टर सुरज पाख्रिनले घरको भाउको मुल्य विचलनका कारण र हाल तथा भविष्य को मुल्य विचलन सम्भावना तथा घर किन्दाको प्रकृयामा के के ध्यान पुर्याउन जरूरी छ सो को बारेमा रोचक प्रस्तूती गर्नुभएको थियो। त्यसैगरी सिपिए टंक रायक्षेत्रीले आईआरएस्का बिभिन्न नियमहरुको प्रकाश पार्दै कसरी ट्याक्स फाइल गर्दा लाभान्वित हुन सकिन्छ भन्ने बारेमा विस्त्रित जानकारी दिनुभएको थियो।

सो अवसरमा प्रमुख अतिथी उमा कार्की थापाले हेल्प डेस्कका बिभिन्न पदाधिकारीहरु तथा रिसोर्स पर्सन्हरुलाई नियुक्तीपत्र प्रदान गर्नाका साथै कार्यक्रममा सहयोग पुर्याउने बिभिन्न महानुभावहरुलाई प्रसँशा पत्र प्रदान गर्नुभयो। सो अवसरमा प्रस्तोताहरु इमिग्रेशन अटोर्नी यज्ञप्रसाद नेपाल, रियल्टर बेन नविन अधिकारी, सिपिए टँक रायछेत्री, रियल्टर सुरज पाख्रिन, उपस्थित मिडियाकर्मी खुला मन्चका प्रतिनिधि सागर श्रेष्ठ तथा ओ एस् नेपालका सन्दीप बाबु चौधरीलाई सम्मानित गरिएको थियो ।

सो कार्यक्रममा जनसंपर्क समिती अमेरिकाका नर्दर्न क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा, तमाङकोअपरेशन सोसाइटिका अध्यक्ष कुमार डोङ, एनआरएनए क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण बानिया, एनएएनसिका उपाधक्ष हेमा पनेरु, एनआरएनए हेल्थ एन्ड हाइजिनका सन्योजक बन्धु पोखरेल, एनआरएनए आईसिसि सदस्य डिल्ली भट्टराई, एनआरएनए बोर्ड अफ डाइरेक्टर बिन्दु सापकोटा तथा बिष्णु शाह, जन संपर्क समिती अमेरिकाका केन्द्रिय सचिव इश्वर सापकोटा, लायन्स क्लब अफ बर्क्ली मकालुकी चार्टर प्रेसिडेन्ट मनोहरा थापा बोगटी लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती रहेको सो कार्यक्रम अत्यन्त उपायोगी र र स्तरीय रहेको पर्यवेक्षकहरुले टिप्पणी गरेका छन।

वि.सं.२०७५ वैशाख १३ बिहीवार १२:२५ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...