back
CTIZAN AD

अझै इन्जिनियर पुगेनन् खोटाङको दुई गाउँपालिकामा

वि.सं.२०७५ वैशाख १३ बिहीवार

645 

shares
vf]6fª ho/fd3f6sf] k'n vf]6fª / cf]vn9'ªufsf] l;dfgfdf kg]{ ho/fd3f6l:yt b"wsf];L gbLdf lgdf{0ffwLg kSsL k'nsf] *% k|ltzt sfd k"/f ePsf] hgfOPsf] 5 . tl:a/ M ;f}hGo–OlGhlgo/ ;Ltf/fd sfsL{, vf]6fª, /f;;
१३ वैशाख, खोटाङ  । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको दुई गाउँपालिकामा अझै इन्जिनियर आएका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा अहिलेसम्म पनि इन्जिनियर नआएका हुन् ।

दुई गाउँपालिकामा अहिलेसम्म इन्जिनियर नआएपछि पुनःनिर्माणका लागि नक्सा र प्राविधिक सल्लाह नपाउँदा भूकम्पपीडित अन्योलमा परेका छन् । जिल्लाका केही पीडितले भने बिना नक्सा र प्राविधिक सल्लाहमा घर पुनःनिर्माण गरिरहेका छन् ।

गाउँपालिकामा इन्जिनियर नआएपछि पटक–पटक खबर गर्दा समेत प्राधिकरणले चासो नदिएको पालिका प्रमुखको गुनासो छ । गाउँपालिकामा खटिएका इन्जिनियरहरु भौगोलिक विकटता लगायतका बहाना बनाएर बसेको स्रोतको दाबी छ ।

जिल्लाका आठ हजार ४४३ घर भूकम्पपीडितमध्ये अहिलेसम्म आठ हजार १५१ घर पीडित परिवारले मात्र पहिलो किस्ताबापतको रकम पाएका छन् । पुनःनिर्माण प्राधिकरणबाट करीब वर्ष दिनअघि पहिलो किस्ताबापतको रकम आए पनि अहिलेसम्म २९२ घर पीडित परिवारले रकम पाएका छैनन् ।

कागजपत्र नमिलेको तथा सम्झौता गर्न बाँकी परिवारलाई पहिलो किस्ता बापतको रकम दिन बाँकी रहेको प्राधिकरणका सम्पर्क व्यक्ति एवं निमित्त समन्वय अधिकारी रविकिरण आचार्यले बताए । पहिलो किस्ताका लागि प्रतिपरिवार रु ५० हजारका दरले रु ४२ करोड २१ लाख ५० हजार रकम आएको थियो ।

भत्किएको घर पुनःनिर्माण र दोस्रो किस्ता वितरणका लागि प्राधिकरणले चासो नदिएको स्रोतको दाबी छ । जिल्लामा पुनःनिर्माण प्राधिकरणको कार्यालय सञ्चालनका लागि भाडामा घर लिए पनि अहिलेसम्म सञ्चालन भएको छैन ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार १५:४८ मा प्रकाशित

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...