back
CTIZAN AD

बर्दघाट नगरपालिकाको २१ वटा कानून तर्जुमा

वि.सं.२०७५ वैशाख १३ बिहीवार

621 

shares

१३ वैशाख, नवलपरासी  । स्थानीय सरकार सञ्चालनका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विभिन्न २१ वटा कानून तर्जुमा गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर ती कानून तर्जुमा गरेको हो । तर्जुमा भएका कानूनमा १२ वटा विभिन्न नियमावली, कार्यविधि र निर्देशिका छन् भने नौ वटा ऐन छन् ।

राजपत्रका प्रकाशित ऐनमा आर्थिक ऐन, योजन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित ऐन, सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन गर्ने ऐन लगायतका छन् ।

त्यसैगरी नगरपालिकाले बनाएको नियमावली, कार्यविधि र निर्देशिकामा कार्य सम्पादन नियमावली, कार्य विभाजन नियमावली, कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण नियमावली सुत्केरी पोषण कार्यक्रम सञ्चालन निर्देशिका, शिक्षा नियमावली लगायतका छन् ।

ती सबै ऐन राजपत्रमा प्रकाशित भइसकेकाले अब कानूनका रुपमा कार्यान्वयनमा आएको बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले बताएका छन् । नगर प्रमुख शर्माले आवश्यकता अनुसार कानून परिमार्जन हुनसक्ने बताए ।

आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि र मापदण्ड प्रदेश सरकार र संघीय सरकारलाई पठाउनु पर्ने व्यवस्थाअनुसार यसअगावै नगरपालिकाले तर्जुमा गरेका कानून प्रदेश र संघीय सरकारमा पठाइसकिएको नगरपालिकाले जनाएको छ ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार १५:४० मा प्रकाशित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...