back
CTIZAN AD

राम्चेमा सामूहिक चौँरीपालन

वि.सं.२०७५ वैशाख १३ बिहीवार

600 

shares
vf]k|fn]sdf rb}{ rf}F/LufO{ DofUbLsf] vf]k|fn]s glhs}sf] vs{df rb}{ u/]sf rf}F/LufO{ . oxfF rfF}/Lkfngsf] cfDbfgLaf6 kfp4f/ / gfuLsf b'O{ ljBfno ;~rfng ul/Fb} cfPsf] 5 . Tf:jL/ M w'|a;fu/ zdf{, -a]gL_DofUbL, /f;;
१३ वैशाख, बाबियाचौर, म्याग्दी  । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवा र प्रौढहरुले सामूहिक चौँरीपालन गरेका छन् ।

गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले त्यहाँका युवा र प्रौढ प्रगतिशील बाबा समूहमा आबद्ध भएर सामूहिक चौँरीपालन गरेका समूहका अध्यक्ष गमबहादुर पुर्जाले जानकारी दिएका छन् ।

समूहको कोषमा रहेको रु चार लाख २० हजार लगानीमा कास्कीको घान्द्रुकबाट विसं २०७० मा १२ वटा चौँरी ल्याएर पाल्न थालिएको थियो । हाल चौँरीको संख्या बढेर ३२ वटा पुगेको छ । आठ वटा याक छन् । बाह्र वटा चौँरी ब्याउने छन् ।

चौँरीको संख्या वृद्धि गरी ८० वटासम्म पु¥याएपछि चिज उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष पुर्जाले जानकारी दिए । राम्चेका वडासदस्य यामबहादुर पुनले सञ्चालन गरेका चिज उद्योगमा हाल जर्सी गाईको दूधबाट चिज उत्पादन हुने गरेको छ ।

पर्यटकीयस्थल र अन्तर्राष्ट्रिय बजारमा चौँरी गाईको दूधबाट बनेको चिजको राम्रो खपत हुने गरेको छ । चिजका साथै याकको मासुसमेत बजारमा माग अत्यधिक छ । हाल एकजना कर्मचारी राखेर चौँरीको रेखदेख गरिँदै आएको छ ।

राम्चेको कालीदह, तिनपोखरे, मोहरेडाँडा, ढुङ्गाडाँडाको जंगल क्षेत्रमा चौँरीलाई चरिचरन गराइँदै आएको छ । चौँरीको गोठ सुधार, खोपलगायत प्राविधिक सेवाका लागि गाउँपालिका, वडा कार्यालय र पशु सेवा शाखाले सहयोग गरेका छन् ।

गत वर्ष तत्कालीन पशु सेवा कार्यालयले चौँरीको गोठ सुधारका लागि रु एक लाख ५० हजार अनुदान उपलब्ध गराएको थियो । यस वर्ष वडाको प्रस्तावमा गाउँपालिकाले रु दुई लाख विनियोजन गरेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार १६:२९ मा प्रकाशित

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...