
हेल्प नेपाली मिशन दिल्लीको एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । ‘एकताले शक्ति दिन्छ एकताले बल’ भन्ने नारासहित हेल्प नेपाली मिशन भारतको आयोजनामा अमेरिकास्थित इन्टरनेशनल इन्स्च्युट अफ इनफिटिस्म नामक संस्थाले सुरु गर्न लागेको वल्र्ड पिस मुभमेन्ट सफल पार्नका लागि तथा विश्वव्यापी सेक्रेट अफ सक्सेस विषयलाई लिएर भारतको नयाँदिल्लीको पहाडगन्जस्थित होटल सन फ्लावरमा एक दिवसीय कार्यक्रम सम्पन्न गरिएको हो ।

मिशनका अध्यक्ष कवि कार्कीको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा युवा बैज्ञानिक कपिल पौड्या र रवि लामिछानेलाई सम्मान गरिएको थियो ।

प्रेम कैदीको प्रमसख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कपिल पौड्याल, दुर्गा अर्याल, गोपाल रेग्मी रमेश शर्मा, काशिराम आचार्य, घनश्याम शर्मा, प्रमोद पोखरेल, तुल्सि ढकाल, नन्दा शर्मा, केपि पौडेल लगायतले आफ्नो धारणा राखेका थिए । महेन्द्र के.सीद्वारा संचालित कार्यक्रममा सदस्य जमुना कपुरले स्वागत मन्तब्य ज्ञापन गरेका थिए ।
वि.सं.२०७५ वैशाख १३ बिहीवार १८:४६ मा प्रकाशित






























