back
CTIZAN AD

साँझ ७ बजेपछि क्रसर चलाउन नपाइने

वि.सं.२०७५ वैशाख १३ बिहीवार

771 

shares

दाङ १३, वैशाख, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्मका लागि क्रसर उद्योग सञ्चालन गर्न नदिने भएको छ ।

उपमहानगरपालिकाको आज बसेको २८ औँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।

रातिको समयमा क्रसर उद्योग सञ्चालन हुँदा नजिकको वस्तीमा असर गर्ने भएकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो ।

यसैगरी कार्यपालिकाका बैठकले प्राकृतिक स्रोत, साधन, ढुँगा, गिट्टी, वालुवाजस्ता नदीजन्य खनिज पदार्थ बिहान छ बजेदेखि साँझ ७ बजेसम्म मात्र तोकिएका स्थानबाट उत्खनन गर्न पाइने निर्णय गरेको छ ।

कार्यपालिकाको निर्णय कार्यान्वयनका लागि छिट्टै अनुगमन पनि गरिने उपमहानगरपालिका प्रवक्ता डाँगीले बताए ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार २०:३२ मा प्रकाशित

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...