back
CTIZAN AD

आमाका नामबाट अङ्गीकृत नागरिकता पाउनुपर्ने माग गर्दै प्रशासनमा ज्ञापनपत्र 

वि.सं.२०७५ वैशाख १४ शुक्रवार

636 

shares

१४ वैशाख, लुम्बिनी । जन्मका आधारमा र आमाका नामबाट अङ्गीकृत नागरिकता पाउनुपर्ने माग गर्दै रुपन्देहीवासीले जिल्ला प्रशासन कार्यालयमा बिहिबार ज्ञापनपत्र बुझाएका छन् ।
आमाबाबुको नागरिकता भएर पनि नेपाली नागरिकता पाउनबाट वञ्चित रहेको गुनासो गर्दै संघीय समाजवादी फोरम नेपाल रुपन्देहीको नेतृत्वमा नागरिकता पीडितले बुझाएको ज्ञापनपत्रमा नेपालको संविधानको कार्यान्वयन तथा अदालतले दिएको आदेशको पालन गर्नु राज्यको दायित्व र कर्तव्य भएको जनाउँदै संविधानबमोजिम सबै नेपालीले नेपाली नागरिकता पाउनुपर्ने पीडितको माग छ ।

फोरमका तर्फबाट रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेले सरकारले २०६३ सालमा वितरण गरेका नागरिकता पाउनेका सन्तानलाई नागरिकता नदिएर विभेद गरेको आरोप लगाए ।

उनका अनुसार यस्ता नागरिक रुपन्देहीमा मात्रै एक लाख बढी छन् । उनले आमाका नामबाट समेत नागरिकता दिने संविधानमा प्रावधान रहे पनि अहिलेसम्म त्यो कार्यान्वयन हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको बताए ।

सिद्धार्थनगर नगरपालिका–७ का मनोज ढाडीले आफ्नो नागरिकता प्रमाणपत्र नहुँदा आफू वर्षौँदेखि राज्यविहीन भएको आभास भएको बताए ।

नेपालमै २०६३ सालमा नागरिकता प्राप्त अभिभावकका सन्तानलाई नागरिकता प्रदान गर्नू भनी विभिन्न जिल्ला अदालतले गरेको परमादेशको आदेशलाई नजीर बनाउँदै रुपन्देहीमा पनि नागरिकता प्रदान गर्नुपर्ने पीडितको माग रहेको छ । प्रजिअ हरिप्रसाद मैनालीले अहिले स्पष्ट कार्यविधिका अभावमा नागरिकता प्रदान गर्न नसकिएको जानकारी दिए । (रासस)

वि.सं.२०७५ वैशाख १४ शुक्रवार ०८:५० मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...