१४ वैशाख, दोलखा । दोलखाली गायिका अनिषा बुढाथोकीको ‘बिहिबारभोलि’ शीर्षक गीति एल्बम बिहिबार यहाँ सार्वजनिक गरिएको छ ।
एल्बमको केशवराज चौलागाईंले कम्प्यूटरमा भिडियो क्लिक गरी विमोचन गर्दै आधुनिक युगमा युवा जगत्का लागि गीतले कोसेढुङ्गा सावित हुने बताए । हरि केसीले निर्देशन गरेको उक्त गीतको भिडियोको ईश्वर उप्रतीले छायाङ्कन तथा भीनपा–५ का राज श्रेष्ठले रचना गरेका हुन् ।
साहित्यकार जीत कार्की र गौरीशंकर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसीले एल्बम दोलखा जिल्ला चिनाउने महत्वपूर्ण सामग्री भएको बताए । (रासस)
वि.सं.२०७५ वैशाख १४ शुक्रवार ०८:५४ मा प्रकाशित






























