
१४ वैशाख, काठमाडौँ । सनराइज बैंक लिमिटेडले सडक तथा असहाय बालबालिकाको संरक्षणका निम्ति काम गर्दै आइरहेको गैरसरकारी संस्था सेल्टर आश्रय नेपाललाई बिहिबार रु पाँच लाख सहयोग गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बिहिबार उक्त संस्थाको नेतृत्वमा रुसको मस्कोमा हुने अठार वर्षमुनिका सडक तथा असहाय बालबालिकाको विश्वकपमा नौ नेपाली खेलाडीले सहभागिताका साथै सेल्टर आश्रयमा आश्रित सम्पूर्ण बालबालिकाको उचित स्याहारसुसार, पठनपाठन, खानपान तथा समुचित विकासका निम्ति हुने खर्चका लागि उक्त रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणाले बैंकको प्रधान कार्यालय, गैह्रीधारामा बिहिबार हस्तान्तरण गरेका हुन् ।
वि.सं.२०७५ वैशाख १४ शुक्रवार ०८:५८ मा प्रकाशित






























