back
CTIZAN AD

खानेपानीमा झाडाका कीटाणु

वि.सं.२०७५ वैशाख १४ शुक्रवार

777 

shares

१४ वैशाख, मलेखु, धादिङ । सदरमुकाम धादिङबेंसीको पिउने पानीमा झाडाका कीटाणु फेला परेको छ ।

जिल्ला अस्पतालका सूचना अधिकृत कृष्णलाल श्रेष्ठले धादिङबेंंसीमा बिहिबार आयोजित कार्यक्रममा जिल्ला अस्पतालमा झाडाबान्ता लागेर अस्पताल भर्ना भएका बिरामीको दिसा परीक्षण गर्दा हानिकारक इन्टोअमिवा हिस्टोलाइटिका किटाणु भेटिएर पोटोजोअल संक्रमण भएको बताए । छयानबन्ने दिनमा ९६ बिरामीको परीक्षण गरिएकामा ३० जनामा कीटाणु भेटिएकाले सजगता अपनाउन उनले आग्रह गरे ।

यसैबीच एन्टिरेविज भ्याक्सिन नहुँदा जिल्ला अस्पताल तथा स्वास्थ्यचौकीमा आउने सेवाग्राही मर्कामा परेका छन् । भ्याक्सिन अभावमा सेवाग्राहीले महँगो दरमा भ्याक्सिन खरिद गर्नुपरेको गुनासो गरेका छन् । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य चौकी र स्वास्थ्य चौकीमा एन्टिरेबिज भ्याक्सिन स्वास्थ्य मन्त्रालयले खरिद गरी पठाउनुपर्नेमा अहिलेसम्म भ्याक्सिन नआएको श्रेष्ठको भनाइ थियो ।

जिल्लाभरका स्वास्थ्यचौकीमा निःशुल्क उपलब्ध गराउनुपर्ने १४ प्रकारका औषधिको पनि अभाव रहेको उनले जानकारी दिए । (रासस)।

वि.सं.२०७५ वैशाख १४ शुक्रवार ०९:०२ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...