back
CTIZAN AD

माइभ्याली गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

वि.सं.२०७५ वैशाख १४ शुक्रवार

726 

shares

footballa-1
१४ वैशाख, मंगलबारे, इलाम, (रासस) । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडाँैलाई पछि पार्दै थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको अन्तिम क्वाटर फाइनलमा पुलिस क्लबलाई ४–३ गोल अन्तरले हराउँदै थ्रीस्टारले सेमिफाइनलका लागि आफ्नो यात्रा सुनिश्चित गरेको हो । सो जीतसँगै थ्रीस्टारले शनिबार हुने सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफसँगको भेट पक्का गरेको छ ।
निर्धारित समयमा दुवैतर्फबाट एकएक गोल भएपछि १५ मिनेट समय थप गरिएको थियो । थप समयमा पनि कुनै गोल हुन नसकेपछि टाइ बे्रकरका आधारमा नतिजा लिइएको थियो । पुलिसका तर्फबाट २७ औंँ मिनेटमा अग्रता लिइएको थियो । नीरकुमार राईको पासलाई सदुपयोग गर्दै रेजिन सुब्बाले सहजै जाली चुमाएका थिए ।
पहिलो हाफमा १–० ले पछि परेको थ्रिस्टार दोस्रो हाफमा भने खेलमा फर्कियो । थ्रीस्टारले ७३ औंँ मिनेटमा जवाफी गोल फर्कायो । फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै थ्रीस्टारका रजिन धिमाले सहजै जाली चुमाएका थिए ।
टाइ बे्रकरमा थ्रीस्टारका कप्तान निराजन खड्का, विमल घर्ती मगर, रजिन र रुपेश केसीले गोल गरे । सुनिल बलको प्रहार भने पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरे ।
पुलिसका तर्फबाट भने रेजिन, तेज तामाङ र दिनेश राजवंशीले मात्र गोल गरे । सुमन लामा र हेम तामाङको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट बचाउ गर्दै टोलीलाई अघिल्लो चरण उक्लिन मद्दत गरे । खेलको ‘म्यान अफ दि म्याच’ समेत न्यौपाने नै घोषित हुँदै रु १० हजार र चाँदीको पदक प्राप्त गरे ।

वि.सं.२०७५ वैशाख १४ शुक्रवार ०९:५२ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...