back
CTIZAN AD

विश्वका ९० प्रतिशतभन्दा बढीले अस्वच्छ स्वास लिन्छन्: डब्लुएचओ

वि.सं.२०७३ असोज ११ मंगलवार

2.4K 

shares

११ असोज,जेनेभा (स्विट्जरल्याण्ड) । विश्वका रहेक दश जनामध्ये नौ जनाले अस्वच्छ स्वास लिनेगरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्गलबार जनाएको छ ।

सो सङ्गठनले यस प्रदूषणका विरुद्धमा नाटकियरुपमा काम गर्न पनि सबैलाई आह्वान गरेको छ । प्रदूषित स्वासप्रश्वासकै कारण विश्वमा रहेक वर्ष ६० लाख व्यक्तिको मृत्यु हुने गरेको सो संस्थाको तथ्याङ्क रहेको छ ।

सङ्गठनको सार्वजनिक स्वास्थ्य तथा वातावरण विभागकी प्रमुख मरिया नेइराले नयाँ तथ्यबाट आफूहरु निकै चिन्तित भएको बताउनु भएको छ ।

सङ्गठनले तयार पारेको पछिल्लो प्रतिवेदनअनुसार, विश्वका महत्वपूर्ण सहरबजारमा निकै प्रदूषित हावा छ भने, ग्रामीणक्षेत्रमा पनि सन्तोषजनक देखिएको छैन ।

विश्वका विकसित मुलुकमा भन्दा गरिव मुुलुकमा स्वच्छ हावाको अभाव देखिएको छ । यस प्रदूषणले विश्वका हरेक व्यक्तिलगायत समाजलाई असर पारेको छ ।

“यो सार्वजनिक स्वास्थ्यको आपतकालिन अवस्था हो,” नेइराले भन्नुभयो, “प्रदूषण नियन्त्रणका लागि तत्काल प्रशस्त काम गर्नु अत्यावश्यक छ ।”

विश्वका सबै सरकारी निकायले सडकमा सवारी साधनको सङ्ख्या घटाउनुपर्दछ भने पकाउनका लागि स्वच्छ ऊर्जाको प्रयोग गर्नुपर्दछ,” प्रतिवेदनमा जनाइएको छ ।

विश्वका तीन हजार ठाउँबाट मगाइएका विवरणका आधारमा प्रतिवेदन तयार पारिएको बताइएको छ ।

ती विवरणका अनुसार विश्वको ९२ प्रतिशत जनसङ्ख्या गुणस्तरहिन हावा भएको ठाउँमा बसेका छन् । रासस÷एएफपी

वि.सं.२०७३ असोज ११ मंगलवार ११:१२ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...