back

विश्वका ९० प्रतिशतभन्दा बढीले अस्वच्छ स्वास लिन्छन्: डब्लुएचओ

वि.सं.२०७३ असोज ११ मंगलवार

1.1K 

shares
IME Limited
NTC AD

११ असोज,जेनेभा (स्विट्जरल्याण्ड) । विश्वका रहेक दश जनामध्ये नौ जनाले अस्वच्छ स्वास लिनेगरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्गलबार जनाएको छ ।

सो सङ्गठनले यस प्रदूषणका विरुद्धमा नाटकियरुपमा काम गर्न पनि सबैलाई आह्वान गरेको छ । प्रदूषित स्वासप्रश्वासकै कारण विश्वमा रहेक वर्ष ६० लाख व्यक्तिको मृत्यु हुने गरेको सो संस्थाको तथ्याङ्क रहेको छ ।

सङ्गठनको सार्वजनिक स्वास्थ्य तथा वातावरण विभागकी प्रमुख मरिया नेइराले नयाँ तथ्यबाट आफूहरु निकै चिन्तित भएको बताउनु भएको छ ।

सङ्गठनले तयार पारेको पछिल्लो प्रतिवेदनअनुसार, विश्वका महत्वपूर्ण सहरबजारमा निकै प्रदूषित हावा छ भने, ग्रामीणक्षेत्रमा पनि सन्तोषजनक देखिएको छैन ।

विश्वका विकसित मुलुकमा भन्दा गरिव मुुलुकमा स्वच्छ हावाको अभाव देखिएको छ । यस प्रदूषणले विश्वका हरेक व्यक्तिलगायत समाजलाई असर पारेको छ ।

“यो सार्वजनिक स्वास्थ्यको आपतकालिन अवस्था हो,” नेइराले भन्नुभयो, “प्रदूषण नियन्त्रणका लागि तत्काल प्रशस्त काम गर्नु अत्यावश्यक छ ।”

विश्वका सबै सरकारी निकायले सडकमा सवारी साधनको सङ्ख्या घटाउनुपर्दछ भने पकाउनका लागि स्वच्छ ऊर्जाको प्रयोग गर्नुपर्दछ,” प्रतिवेदनमा जनाइएको छ ।

विश्वका तीन हजार ठाउँबाट मगाइएका विवरणका आधारमा प्रतिवेदन तयार पारिएको बताइएको छ ।

ती विवरणका अनुसार विश्वको ९२ प्रतिशत जनसङ्ख्या गुणस्तरहिन हावा भएको ठाउँमा बसेका छन् । रासस÷एएफपी

वि.सं.२०७३ असोज ११ मंगलवार ११:१२ मा प्रकाशित

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

नयाँदिल्ली । बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल,...

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

पटना, भारत । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा...

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...