back

अर्थतन्त्रमा पार्ने प्रभावबारे छलफल

वि.सं.२०७३ असोज ११ मंगलवार

957 

shares
IME Limited
NTC AD

११ असोज,काठमाण्डौं । युरोपियन युनियनबाट बेलायत छुट्टिएपछि त्यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावबारे छलफल गरिएको छ ।

उद्योग मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा उद्योगमन्त्री रवीन्द्रराज जोशीले बेलायतको अर्थविद् गौतम सेनसँग छलफल गर्नुभएको हो । छलफलमा उद्योगमन्त्री जोशीले बेलायत युरोपियन युनियनबाट छुट्टिएपछि नेपालको अर्थतन्त्रमा पनि प्रभाव पर्ने भन्दै बेलायततर्फको सहयोग जारी राख्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन उद्योग क्षेत्र विस्तार गर्न थालिएको जानकारी गराउनुभयो । ‘लण्डन स्कुल अफ इकोनोमी एण्ड पोलिटिकल साइन्स’का प्राध्यापकसमेत रहनुभएका सेनले बेलायत छुट्टिएपछिको असर नेपालमा पनि पर्ने बताउनुभयो ।

नेपालको आर्थिक वृद्धिदर बढाउनसके देश समृद्ध हुने र यसका लागि राजनीतिक दलले आर्थिक क्रान्तिको सवालमा एउटै धारणा बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव ऋषि कोइराला, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शङ्कर शर्मा र अर्थविद् विश्वम्भर प्याकुरेलले नेपालको विकासका क्षेत्रमा धेरै सम्भावना भएकाले लगानीको आवश्यकता रहेको बताउनुभयो । रासस

वि.सं.२०७३ असोज ११ मंगलवार ११:२७ मा प्रकाशित

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौँ । राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु...

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न गगन थापाको माग

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका...

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका...

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ: फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुहोहोस्

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ: फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुहोहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष...

नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा करेन्ट लागेर एक...

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६...