back
CTIZAN AD

अर्थतन्त्रमा पार्ने प्रभावबारे छलफल

वि.सं.२०७३ असोज ११ मंगलवार

2.3K 

shares

११ असोज,काठमाण्डौं । युरोपियन युनियनबाट बेलायत छुट्टिएपछि त्यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावबारे छलफल गरिएको छ ।

उद्योग मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा उद्योगमन्त्री रवीन्द्रराज जोशीले बेलायतको अर्थविद् गौतम सेनसँग छलफल गर्नुभएको हो । छलफलमा उद्योगमन्त्री जोशीले बेलायत युरोपियन युनियनबाट छुट्टिएपछि नेपालको अर्थतन्त्रमा पनि प्रभाव पर्ने भन्दै बेलायततर्फको सहयोग जारी राख्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन उद्योग क्षेत्र विस्तार गर्न थालिएको जानकारी गराउनुभयो । ‘लण्डन स्कुल अफ इकोनोमी एण्ड पोलिटिकल साइन्स’का प्राध्यापकसमेत रहनुभएका सेनले बेलायत छुट्टिएपछिको असर नेपालमा पनि पर्ने बताउनुभयो ।

नेपालको आर्थिक वृद्धिदर बढाउनसके देश समृद्ध हुने र यसका लागि राजनीतिक दलले आर्थिक क्रान्तिको सवालमा एउटै धारणा बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव ऋषि कोइराला, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शङ्कर शर्मा र अर्थविद् विश्वम्भर प्याकुरेलले नेपालको विकासका क्षेत्रमा धेरै सम्भावना भएकाले लगानीको आवश्यकता रहेको बताउनुभयो । रासस

वि.सं.२०७३ असोज ११ मंगलवार ११:२७ मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

काठमाडौँ। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको...