back
CTIZAN AD

करेन्ट लागेका भण्डारीलाई बचाउन अपिल

वि.सं.२०७५ वैशाख २४ सोमवार

816 

shares
फाइल फोटो
फाइल फोटो

२४ वैशाख,सुरुङ्गा, झापा । झापाको कचनकवल गाउँपालिका–३ पथरीयास्थित दुर्गाभिट्टाका ३५ वर्षीय टीकाराम भण्डारी अहिले मृत्युसँग जुधिरहेका छन ।

गत वैशाख १० गते कचनकवल गाउँपालिका–६ बनियानी निवासी तीर्थ दाहालको घरमा रङ लगाउन लाग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएको भण्डारीको अहिले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको छ । करेन्टले डढेकाले भण्डारीको दाहिने हात काटिएको छ भने देब्रे हातको पनि हत्केला र कुइनासम्म डढेको छ ।

शरीरका विभिन्न भागमा करेन्ट लागेकाले उहाँको देब्रे कोखो र खुट्टाको गोलीगाँठोमा समेत गहिरो चोट लागेको छ । अस्पतालमा नौ दिनसम्म सघन उपचार कक्ष आइसियुमा राखेर उहाँको उपचार गरिएकामा अहिले उनलाई एचडियूमा राखेर उपचार गरिँदैछ ।

हाइ भोल्टेजको करेन्ट लागेर बेहोस भएका उनलाई ओमसाई पाथीभरा अस्पतालमा र १८ घण्टापछि थप उपचारका लागि बिर्तामोड ल्याइएको थियो । शरीरको आधाजसो भाग डढेर काम नलाग्ने अवस्थामा अस्पताल ल्याइपु¥याइएका भण्डारीको हातबाट इन्फेक्सन शुरु भएपछि हात काटिएको अस्पताल स्रोतले जनाएको छ ।

दाहालको घरमा गत वैशाख १० गते भण्डारीसहित यदु भट्टराई, सुजन ढुङ्गेल र डिल्लीराम अधिकारीले रंग लगाइरहेका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको थियो । दाहालको तीनतले घर नजिकै हाइटेन्सनको लाइन पनि रहेकाले उनलाई करेन्ट लागेको थियो । करेन्ट लाग्नासाथ काम गर्दै गरेका साथी भट्टराईले भण्डारीलाई कपडामा समातेर झड्कारेर तानेका थिए । चिकित्सकले उनको उपचारमा कुनै कसर बाँकी नराखे पनि निम्न आर्थिक अवस्था भएका भण्डारीलाई अहिले थप उपचारका लागि आर्थिक अभाव छ ।
उपचार खर्चका लागि घरधनी दाहालसँग पटक–पटक पहल गरिएको भए पनि कुनै चासो नदिएको टीकारामका भाइ डेविड भण्डारीले बताए । उनले भने दाजुकोे देब्रे हात पनि शल्यक्रिया गरिएको छ । अत्यन्तै निम्न वर्गीय परिवार भएकाले उपचारमा समस्या छ ।

पीडित परिवारले चन्द्रगढीस्थित प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले घरधनीलाई पक्राउ गरेको केही बेरमै रिहा गरेको बताइएको छ । घरधनीले सम्पूर्ण उपचार खर्च व्यहोरेर टीकारामलाई जीविकोपार्जनको व्यवस्था मिलाइदिनुपर्ने पीडित परिवारको माग छ । टीकारामका एक छोरा एक छोरी छन् । तीर्थको घरमा काम गर्दा यसअघि पनि केही कामदारलाई करेन्ट लागेको थियो ।

अहिले टीकारामलाई बचाउन सिङ्गो गाउँ लागेको छ । उनको उपचारमा मोटो रकम लाग्ने भएपछि भण्डारी परिवारमात्र होइन समाज नै अहिले चिन्तित बनेको स्थानीय सोमनाथ लुइँटेलले बताए । उनको भनाइ, “जसोतसो यतिन्जेल थाम्यौँ, अब के गर्ने ? उनले भण्डारीलाई बचाइदिन सबैसमक्ष आग्रह गरे ।

अस्पतालमा भण्डारीलाई हेर्न आएका अधिकांशले सहानुभूति दिँदै आए पनि कतैबाट सहयोग जुटे टीकारामले नयाँ जीवन पाउने थिए लुइँटेलले आग्रह गरेका थिए, “म सबैलाई टीकारामको जीवन बचाइदिन अनुरोध गर्छु ।”

वि.सं.२०७५ वैशाख २४ सोमवार १३:०६ मा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...