back
CTIZAN AD

अब तीनवर्ष सम्म यार्सा संकलन गर्न नपाइने

वि.सं.२०७५ वैशाख २४ सोमवार

681 

shares

of;f{u'Djf DofUbLsf] d'bL uflj;df wf}nflul/ lxdfn If]qaf6 ;ªsng u/L NofPsf] of;f{u'Djf laqmLsf nflu tof/L ul/Fb} . Tfl:a/ M w'|a;fu/ zdf{,-a]gL_ DofUbL, /f;;

२४ बैशाख, रुकुम । जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ ।

नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।

गत वर्ष यहाँ यार्सा संकलन गरिएको थियो । ‘यहाँ कम यार्सा पाइन्छ’ स्थानीय कर्णबहादुर ऐरीले भने, “प्रत्येक वर्ष टिप्दा लोप हुने सम्भावना हुन्छ ।”

तीन वर्षको अन्तरमा यार्सा टिप्दा संरक्षण हुने उहाँको भनाइ छ । स्यालाखदीको सानाखारा, ठूलाखारा र भित्तेखोलामा बहुमूल्य यार्सा पाइने गर्छ । यहाँ यार्सा संकलनका लागि रुकुमलगायत छिमेकी जिल्ला जाजरकोट, डोल्पालगायतका ठाउँबाट समेत आउने गर्छन् ।

यार्सा मौसम व्यवस्थापन समितिले दुई वर्षपछि मात्र यार्सा संकलनका लागि बुकीहरु खुल्ला गर्ने स्थानीयवासी अजय थापाले जानकारी दिए । संकलन बन्द गरिएपछि यहाँका बासिन्दा यार्सा संकलनका लागि रुकुम (पूर्व) र डोल्पासम्म पुग्ने गर्छन् ।

गत वर्ष यहाँ रु ६० लाख बराबरको यार्सा संकलन भएको थापाले जानकारी दिए । यस क्षेत्रलाई संरक्षण गरी गुणस्तरीय र धेरै यार्सा पाइने ठाउँ बनाउन सहयोग पुग्ने स्थानीयवासीको भनाइ छ । यहाँ वर्षांैअघिदेखि यार्सा संकलन गर्न लागिएको हो ।

पहिला पहिला प्रत्येक वर्ष यार्सा संकलन हुँदै आएको थियो । प्रत्येक वर्ष यार्सा संकलन गर्दा यार्सा नै लोप हुन थालेपछि तीन वर्षपछि यार्सा संकलन कार्य शुरु गरिएको स्थानीयवासी शशिराम विकले बताए ।

वि.सं.२०७५ वैशाख २४ सोमवार १८:०४ मा प्रकाशित

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...