back
CTIZAN AD

नापी अधिकृत विरुद्ध मुद्दा दायर

वि.सं.२०७५ वैशाख २५ मंगलवार

753 

shares

२५ वैशाख,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय उदयपुरका नापी अधिकृत श्यामबाबु प्रसाद साहविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार जग्गाको नक्सा सुधार संशोधन गर्ने प्रयोजनमा सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोगमा केही दिन पहिले नापी अधिकृत साह पक्राउ परेका थिए । आयोगले आज विशेष अदालतमा नापी अधिकृत साहविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले आजै गुठी संस्थान शाखा कार्यालय ललितपुरमा कार्यरत वरिष्ठ सहायक जीतेन्द्र चित्रकार र कार्यालय सहयोगी अनन्तबहादुर श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुले गोदावरी नगरपालिका–८ मा रहेको जग्गाको हक नामसारीका साथै जग्गा मोही हक खरिद विक्री सिफारिश गर्ने प्रयोजनमा सेवाग्राहीसँग रु २० हजार घुस मागेको भन्ने सूचनाका आधारमा केही दिन पहिले आयोगको टोलीले पक्राउ गरेको थियो ।

उता आयोगले आज मालपोत कार्यालय सुर्खेतको मुद्दा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी र खरिदार ओमबहादुर सुनारविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार उनीहरुले मोहियानी हक दाबी नामसारी गर्ने नियमानुसार हुने काम नगरी छिटोछरितो गरिदिने भन्दै सेवाग्राहीसँग रु दुई लाख घुस मागेको अभियोगमा आयोग टोलीले केही दिन पहिले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।

वि.सं.२०७५ वैशाख २५ मंगलवार २०:५२ मा प्रकाशित

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...