back
CTIZAN AD

ढुङ्गा लागेर दुईको मृत्यु

वि.सं.२०७५ वैशाख २५ मंगलवार

777 

shares

 

२५ वैशाख, त्रिपुराकोट, डोल्पा  । डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–६ स्थित चिप्लेभिरमा ढुङ्गा लागेर आज दुई जना कामदारको घटनास्थलमै मृत्यु भएको छ । एकजना भने गम्भीर घाइते भएका छन् ।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा व्लास्टिङ हानेर ढुङ्गा फुटाउँदा उछिट्टिएको ढुङ्गा लागेर दुबै जनाको मृत्यु भएको हो ।

मृत्युहुनेमा रुकुम आठबिसकोट नगरपालिका–१० का देवबहादुर चन्द र सोही नगरपालिका वडा नं १२ का अमृत रानामगर रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

घटनामा सोही नगरपालिका वडा नं ९ का शक्तिबहादुर शाही गम्भीर घाइते भएका छन् । गम्भीर घाइते शाहीको उपचारका लागि रुकुमतर्फ लगिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ वैशाख २५ मंगलवार २०:५५ मा प्रकाशित

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...