back
CTIZAN AD

शान्ति सुरक्षालाई मजबुत बनाउन समिति गठन

वि.सं.२०७५ वैशाख २६ बुधवार

807 

shares

२६ वैशाख, काठमाडौँ  गोँगबु ।  नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सात वटा समिति गठन गरिएको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आज नयाँ बसपार्क र त्यस क्षेत्र वरपर हुने अपराध नियन्त्रण गर्न समिति गठन गरिएको हो ।
गठन गरिएका समितिहरुमा लागुऔषध नियन्त्रण तथा निराकरण समिति, महिला विरुद्धको अपराध नियन्त्रण समिति, व्यवस्थित फुटपाथ तथा पार्किङ समिति, होटल लज रेष्टुराँ, डान्स बार व्यवस्थित समिति, अवैध धन्दा निराकरण समिति, गुण्डागर्दी नियन्त्रण तथा निराकरण समिति र सार्वजनिक स्थान सरसफाइ समिति रहेका छन ।

प्रभाग प्रमुख प्रताप पौडेलले गोँगबु, नयाँ बसपार्क क्षेत्रको अपराध नियन्त्रण गरी उक्त क्षेत्रलाई सबैको रोजाइको क्षेत्र बनाउनका लागि विभिन्न समिति गठन गरिएको जानकारी दिए । “गोँगबु क्षेत्रको शान्तिसुरक्षालाई बलियो बनाउनका लागि स्थानीय जनताको साथ सहयोग आवश्यक छ,” उनले भने।

स्थानीय सामुदायिक सेवा केन्द्रका कार्यवाहक अध्यक्ष शैलेश कार्कीले नेपालको एक मात्र राष्ट्रिय बसपार्क रहेको नयाँ बसपार्कको शान्तिसुरक्षालाई बलियो बनाउन केन्द्रले प्रहरीसँग मिलेर समिति गठन गरेको जानकारी दिए । “प्रहरीलाई सहयोग गर्ने भनेको स्थानीयवासीले नै हो,” उनले बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख दीपेन्द्रबहादुर मल्लले बिना बर्दीका प्रहरका रुपमा गोँगबु क्षेत्रलाई उपत्यकाको नमूना क्षेत्र बनाउन स्थानीय जनताको सहयोग प्रहरीलाई आवश्यक पर्ने बताए । गठन गरिएका समितिमा अनिवार्य एक प्रहरीसहित स्थानीयवासीको सहभागिता रहनेछ । प्रत्येक समितिमा कम्तीमा १५ सदस्य रहने व्यवस्था गरिएको छ । गोँगबु क्षेत्रमा एक हजारभन्दा धेरै होटल, लज, बार तथा रेष्टुराँ सञ्चालनमा छन् ।

वि.सं.२०७५ वैशाख २६ बुधवार १२:१४ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...