back
CTIZAN AD

उदयदेबले उपलब्ध गरायो सुत्केरी भत्ता

वि.सं.२०७५ वैशाख २६ बुधवार

603 

shares

rupees

२६ वैशाख, कञ्चनपुर । महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले महिला सदस्यलाई सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउन र सुत्केरी हुँदा लाग्ने खर्चको अभाव हुन नदिन सहकारीले भत्ताको व्यवस्था गरेको हो । महिला सदस्यलाई दुई पटक सुत्केरी भत्ताबापत रु एक हजारका दरले रकम उपलबध गराउँदै आएको सहकारीका प्रबन्ध सञ्चालक गणेश चन्दले बताए ।

“हालसम्म एक हजार ६३ सुत्केरी महिलालाई रु छ लाख ३१ हजार उपलब्ध गराएका छौँ,” उनले भने ।

सहकारीको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय र शाखा कार्यालयका रुपमा रहेका बेलौरी, झलारी, दोधारा–चाँदनी, कृष्णपुर र दैजीमा आबद्ध महिलालाई भत्ता उपलब्ध गराइँदै आएको छ ।

यसैगरी, बाढीपीडित र आगलागीबाट क्षति ब्यहोरेका सदस्यलाई रु एक लाख ३२ हजार तथा काजक्रिया खर्च बापत रु छ लाख ७५ हजार प्रदान गरेको चन्दले बताए । सामाजिक उत्तरदायित्वतर्फ अञ्चल बालअनाथालयलाई रु एक लाख एक हजार, निङ्गलाशैनी भगवती सेवा समाजको एम्बुलेन्स खरीदका लागि रु २२ हजार, पत्रकार महासंघको भवन निर्माणका लागि रु ५५ हजार तथा ब्याडमिन्टन प्रतियोगिताका लागि समेत उदयदेव सहकारीले रु २१ हजार सहयोग गरेको छ ।

निम्न आयस्रोत भएका सदस्यका छोराछोरीलाई प्रत्येक शाखाबाट पाँच–पाँच जनालाई गरी ३२ जनालाई नगद वार्षिक छात्रवृत्ति र ११२ जनालाई शैक्षिक सामग्री उपलब्ध गराइएको प्रबन्ध सञ्चालक चन्दले बताए । विसं २०५६ मा स्थापना भएको उक्त सहकारीमा हाल २३ हजार २०७ शेयर सदस्य आबद्ध छन् । उदयदेव सहकारीको शेयर पूँजी रु छ करोड ४६ लाख ३१ हजार, बचत रु ४२ करोड १३ लाख ६७ हजार तथा कर्जा लगानी रु ७३ करोड २५ लाख ६१ हजार रहेको छ ।

“ऋणी सदस्यको संख्या १० हजार ८९० रहेको छ,” चन्दले भने ।

दुई हजार पाँच सय मेट्रिक टन धान उत्पादन

कञ्चनपुरमा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण ‘धान जोन परियोजना’ अन्तर्गत दुई हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ । भीमदत्त र कृष्णपुर नगरपालिकामा सञ्चालन गरिएको धान परियोजनाअन्तर्गत ५०० हेक्टर क्षेत्रफलमा सो परिमाणको धान उत्पादन भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण ‘धान जोन परियोजना’ कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत गोकुलप्रसाद बोहराले भीमदत्तनगरमा ५५० बिघा र कृष्णपुरमा २०० बिघामा धान खेती गरिँदैआएको छ । आव २०७५/७६ देखि भीमदत्त नगरपालिका–१, ३ र कृष्णपुर–५ र ७ मा सो परियोजना लागू हुनेछ । परियोजनाअन्तर्गत जिल्लामा चालु आव २०७४/७५ मा रु तीन करोड १२ लाख ३९ हजार बजेट परिचालन भएको छ । पूँजीगततर्फ रु नौ लाख ४२ हजार र चालुतर्फ रु तीन करोड २ लाख ९७ हजार बजेट विनियोजन गरिएको छ ।

वि.सं.२०७५ वैशाख २६ बुधवार १३:४२ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...