back
CTIZAN AD

 ‘मानवरहित’ हुँदै सडक 

वि.सं.२०७५ वैशाख २६ बुधवार

696 

shares

butwal२६ वैशाख, रुपन्देही। बुटवल उपमहानगरपालिकाले सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारीसहित लगत संकलन शुरु गरेको छ ।

खासगरी सडकमा बेवारिसे अवस्थामा रहेका, बिरामी परेर बिचल्लीमा परेका, घरबारविहीन भएका तथा रोगी व्यक्ति सडकमा सुत्ने अवस्थाको अन्त्य गर्न उनीहरुको लगत संकलन शुरु भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी दिए ।

उनले भने, “बिरामी परेकालाई सेल्टर दिने र उपचार गराएर पुनःस्थापित गराउने उद्देश्य उपमहानगरपालिकाले यस्तो योजना अगाडि ल्याएको छ ।”

मानव सेवा आश्रम र बुटवल उपमहानगरपालिकाबीच भएको सहमतिअनुसार पुनःस्थापित गराउन जग्गा र आवासको व्यवस्था नगरपालिकाले गर्ने र दैनिक सेवा सञ्चालन आश्रमले गर्ने भएको छ ।

बुटवल उपमहानगरपालिका–१३ स्थित जीतगढीमा भवन राखिने र त्यहाँ नियमित गतिविधि सञ्चालनका लागि अन्य विभिन्न संघसंस्थाको सहयोग लिइने बताइएको छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मान्छेको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न यस्तो समझदारी गरिएको बताए ।

वि.सं.२०७५ वैशाख २६ बुधवार १३:५० मा प्रकाशित

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...