
२६ बैशाख, कतार । जागरुक युवा समाज नेपाल कतारको तेश्रो साधारणसभा सम्पन्न भएको छ । मई ४ का दिन दोहाको नज्मा स्थित युनिक नेपाली रेष्टुरेन्टमा जागरुक युवा समाज नेपालको तेस्रो साधारणसभा सम्पन्न भएको हो । सभाले राजकुमार चुवानको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ ।
त्यस्तै समाजको बरिष्ठ उपाध्यक्ष बिनोद सुवेदी, प्रथम उपाध्यक्ष तेज बहादुर कोइराला, दित्तिय उपाध्यक्ष अमित कुमार बिश्वकर्मा, कोषाध्यक्ष नवीन थापा मगर, सह–कोषाध्यक्ष देब लाल श्रेष्ठ, सचिब यादब प्रसाद चौलागाईं, सह–सचीव हिरालाइ बिश्वकर्मा रहेका छन् भने सदस्यहरुमा मुक्ती खतिवडा, लोक गुरुङ्ग, इन्द्र बहादुर नेपाली तथा बरुण कुमार शिंहलाई चयन गरिएको छ ।
वि.सं.२०७५ वैशाख २६ बुधवार १४:२३ मा प्रकाशित






























