back
CTIZAN AD

थ्री स्टारले सिक्किमलाई प्रतिद्वन्द्वी पायो

वि.सं.२०७३ असोज १२ बुधवार

2K 

shares

१२ असोज,काठमाडौँ। भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालको थ्री स्टार क्लबले सिक्किम युनाइटेड प्रतिद्वन्द्वी पाएको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुनेछ । समुह ‘ए’ विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले सेमिफाइनलमा समूह ‘बी’को उपविजेता घरेलु टोली सिक्किमलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो । मङ्गलबार राति भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशको बोनगोबिर ओग्रगामी क्लबलाई १–० ले पराजित गर्दै सिक्किम आफ्नो समूहको उपविजेता बन्न सफल भयो ।

गुवाहाटीको नेहरु स्टेडियममा आज दिउँसो ४ बजे हुने पहिलो सेमिफाइनलको विजेताले उपाधिका लागि इस्ट बङ्गाल र सिलोङ लाजोङ फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि समूह चरणका खेलमा थ्री स्टारले दुई बराबरी र एक जित दर्ता गरेको थियो । प्रतियोगिताको विजेताले रु १६ लाख र उपविजेताले रु आठ लाख प्राप्त गर्नेछन् । रासस

वि.सं.२०७३ असोज १२ बुधवार ०६:१४ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...