Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

थ्री स्टारले सिक्किमलाई प्रतिद्वन्द्वी पायो



१२ असोज,काठमाडौँ। भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालको थ्री स्टार क्लबले सिक्किम युनाइटेड प्रतिद्वन्द्वी पाएको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुनेछ । समुह ‘ए’ विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले सेमिफाइनलमा समूह ‘बी’को उपविजेता घरेलु टोली सिक्किमलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो । मङ्गलबार राति भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशको बोनगोबिर ओग्रगामी क्लबलाई १–० ले पराजित गर्दै सिक्किम आफ्नो समूहको उपविजेता बन्न सफल भयो ।

गुवाहाटीको नेहरु स्टेडियममा आज दिउँसो ४ बजे हुने पहिलो सेमिफाइनलको विजेताले उपाधिका लागि इस्ट बङ्गाल र सिलोङ लाजोङ फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि समूह चरणका खेलमा थ्री स्टारले दुई बराबरी र एक जित दर्ता गरेको थियो । प्रतियोगिताको विजेताले रु १६ लाख र उपविजेताले रु आठ लाख प्राप्त गर्नेछन् । रासस


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी