back

पचली भैरवको मूर्तिलाई खटजात्रा गरिने

वि.सं.२०७३ असोज १२ बुधवार

1K 

shares
GLOBAL IME AD
NTC AD

१२ असोज,काठमाडौँ। काठमाडौँ महानगरपालिकाको टेकुस्थित पचली भैरवको मूर्तिलाई यसपटक खटजात्रा गरिने भएको छ ।

घ्याम्पो आकारको सो मूर्तिलाई काँधमा राखेर जात्रा गरिँदै आएकामा यसपटकदेखि खटमा मूर्तिलाई सजाएर जात्रा निकाल्न लागिएको हो । यही असोज २० गते पञ्चमीका दिन भैरव जात्रा गरिनेछ । दैवी शक्ति सिद्ध गर्न, कुनै पनि शुभ कार्य तथा बलप्रयोग गरिने कार्यलाई पूरा गर्न पचली भैरवको विशेष पूजा गर्ने गरिन्छ ।

त्यहाँको मूर्ति चर्किएको र पुरानो भएर बिग्रिएपछि त्यसलाई फेर्न परिवर्तनका लागि ललितपुरको प्रयागपोखरीबाट नयाँ मूर्ति निर्माण गरी ल्याइएको छ । उपयुक्त तिथि निर्धारण गरेपछि विधिविधानपूर्वक मूर्तिलाई स्थापना गरिने जात्राका संयोजक एवम् संस्कृतिविद् भरत मालीले जानकारी दिनुभयो ।

उक्त मूर्ति निर्माणका लागि पूर्वराजा ज्ञानेन्द्र शाहबाट आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ । यसपटक जात्रामा सहभागिताका लागि शाहलाई निमन्त्रणासमेत गरिएको छ । मुलुकमा राजसंस्थाको अस्तित्व कायम रहेको समयमा राजाले पचली भैरवसँग खड्ग साट्ने परम्परासमेत थियो ।

लामो समयदेखि मन्दिरमा संरक्षण हुन नसकेका कारण मन्दिरको अस्तित्व ओझेलमा परेको छ । गत वर्षको भूकम्पका कारण मन्दिरमा क्षति पुगेको थियो । त्यसको सामान्य मर्मत पनि हुन सकेको छैन । सो मन्दिरबाट नजिकैको दूरीमा पचली भैरवको मन्दिर छ । रासस

वि.सं.२०७३ असोज १२ बुधवार ०६:११ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...