back
CTIZAN AD

प्रदेशको बजेट तथा योजनामा अन्तक्र्रिया

वि.सं.२०७५ वैशाख २७ बिहीवार

783 

shares

२७ वैशाख, नेपालगञ्ज ।  प्रदेश नं ५ सरकारको आवधिक योजना निर्माण र आगामी आर्थिक वर्ष २०७५\०७६ को बजेट तर्जुमासम्बन्धी अन्तक्र्रिया कार्यक्रम बुधबार नेपालगञ्जमा आयोजना गरियो ।

कार्यक्रममा सहभागी व्यापारी, जनप्रतिनिधि र सरोकारवालाले प्रदेश सरकारको आगामी आवको बजेट र योजना उद्योग, व्यापार तथा विकासमुखी हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस अवसरमा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले नेपालगन्जका उद्योगी, व्यापारी, जनप्रतिनिधि तथा सरोकारवाला पक्षका सुझावका आधारमा प्रदेश सरकारले बजेट तथा योजना निर्माण गर्ने विश्वास दिलाएका छन् ।

उनले प्रदेश नं ५ को विकास र आर्थिक समृद्धिका लागि आवश्यक स्रोतको खोजी र त्यसको उचित परिचालनलाई बजेट तथा योजनाको प्राथमिकतामा राखिने विश्वास पनि दिएका छन् ।

“प्रदेश नंं ५ का उद्योगी, व्यापारी आर्थिक विकासका मेरुदण्ड हुन्, उनीहरुको हितका साथै जनताको समृद्धिका लागि आवश्यक कार्यक्रम बजेट तथा योजनामा समेटिनेछ”– मन्त्री पौडेलले भनेका छन् ।

अन्तक्र्रिया कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले धेरै योजना बनाउनुभन्दा नेपालगञ्जका पाँचवटा ठूला पूर्वाधारका योजना बनाएर अगाडि बढनुपर्ने सुझाव दिए ।

नेपालगञ्ज उद्योग वणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्ज पश्चिम नेपालको केन्द्र भएकाले प्रदेश नं ५ को राजधानी बनाउनु पर्ने माग गरेकाछन् ।

त्यस अवसरमा नेपालगञ्ज उद्योग वणिज्य संघले तयार पारेको ज्ञापनपत्र प्रवक्ता अभयकुमार बस्नेतले मन्त्री पौडेललाई हस्तान्तरण गरे ।

वि.सं.२०७५ वैशाख २७ बिहीवार १५:३४ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...