back
CTIZAN AD

रौनक तिजी पर्वको

वि.सं.२०७५ वैशाख ३० आइतवार

765 

shares

३० वैशाख, ठिनी मुस्ताङ। हिमाली जिल्ला मुस्ताङको पनि उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्वको रौनक शुरु भएको छ ।
पन्ध्रौँ शताब्दीदेखि त्यहाँका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको तिजी पर्वमा पहिलो दिन विभिन्न देवीदेवताको पूजापाठ गरिन्छ । अन्य दुई दिन सांस्कृतिक नृत्य प्रदर्शन हुने बताइएको छ ।

पर्वको पूर्वसन्ध्यामा लोमान्थाङ क्षेत्रमा स्थानीय आमा समूह, युवा क्लब, सरसफाइसँग सम्बन्धित विभिन्न संघसंस्था र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) को संयोजनमा सरसफाइ गरिएको प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले जानकारी दिए ।

उपल्लो मुस्ताङीले आपसी स्नेह साटासाट तथा विश्वशान्ति र दैवीप्रकोप कम होस् भन्ने कामनाका साथ तिजी पर्व मनाउँछन् । पर्व बौद्ध लामा दोर्जी सुनुको पुनर्जन्मसँग पनि जोडिएको पाइएको एक्याप इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख तुलसी दहालले जानकारी दिए ।

पर्वमा लोमान्थाङ गाउँपालिका र लो घेकर दामोदर कुण्ड गाउँपालिकाका सर्वसाधारणले सहभागिता जनाउँछन् । पर्वमा रमाउन विदेशी पर्यटक पनि लोमान्थाङ पुग्ने गरेका छन् । यस वर्ष लगभग ४०१ विदेशी पर्यटक लोमान्थाङमा तिजी पर्वको अवसरमा घुम्न आएको प्रमुख दहालले जानकारी दिए ।

वि.सं.२०७५ वैशाख ३० आइतवार १२:५९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...