back
CTIZAN AD

४२ सामुदायिक विद्यालय अंगे्रजी माध्यममा 

वि.सं.२०७५ वैशाख ३० आइतवार

765 

shares

student३० वैशाख, डडेल्धुरा । गाउँपालिकामा जनप्रतिनिधि आए पछिको पहिलो शैक्षिक सत्रमा डडेल्धुराका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएकाले अभिभावक खुशी भएका छन् ।

स्थानीय सरकारले गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने निर्णय गरेसंगै जिल्लामा रहेका २४८ सामुदायिक विद्यालयमध्ये यो शैक्षिक सत्रमा ४२ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएको हो ।

यो शैक्षिकसत्रबाट नै अजयमेरु गाउँपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु भएको छ भने भागेश्वरका गाउँपालिकामा रहेका ३० मध्ये नमूनाका रुपमा यो शैक्षिकसत्रबाट आठ विद्यालयका साथै परशुराम नगरपालिकाका ६४ विद्यालयमध्ये दुई वटामा अंग्रेजी भाषामा पढाइ भइरहेको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले बताए ।

गाउँपालिकामा निजी विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन थालेपछि बालबालिकालाई अभिभावकले समुदायिक विद्यालयमा भर्ना गर्न छाडेका थिए । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्न थालेपछि स्थानीय सरकारले त्यहाँ अंगे्रजी माध्यमबाट पढाउन शुरु गरेको अजयमेरु गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं २ का वडाध्यक्ष शिवराज भट्टले जानकारी गराए ।

अजयमेरुका सबै विद्यालयका शिक्षकलाई अंगे्रजी माध्यमबाट पढाउनका लागि तालीमको व्यवस्था गरिएको र कमजोर रहेको विद्यालयमा शिक्षकको व्यवस्था गर्ने गरी अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको गाउँपालिका अध्यक्ष उमेश भट्टले उल्लेख गरे ।

पछिल्लो समयमा सरकारी तथा सामुदायिक विद्यालयमा पढाइको गुणस्तरमा सुधार ल्याउनका लागि स्थानीय सरकारले प्रयास गरेको छ । विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ, शिक्षकलाई तालीम, इलोक्ट्रोनिक्स हाजिरी, नियमित अनुगमनजस्ता कार्यले पढाइको स्तर उकास्न प्रयास भइरहेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले जानकारी गराईन् ।

उक्त गाउँपालिकाको बैठकले शिक्षामा सुधार ल्याउन र यो शैक्षिकसत्रमा नमूनाका लागि आठ वटा विद्यालयलाई छनोट गरी हरेक विद्यालयलाई रु एक लाखसम्मको आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ ।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु भएपछि बालबालिकाको संख्यामा वृद्धि भएको सम्बद्ध विद्यालयका शिक्षकको भनाइ थियो । अभिभावकले निजीविद्यालयबाट सामुदायिक विद्यालयमा भर्ना गराउन थालेकाले निजी विद्यालयका बालबालिकाको संख्या घटिरहेको भागेश्वर–४ बगरकोटका बासिन्दाले बताए । । शिक्षकले मिहेनत र अनुशासित भई बालबालिकालाई पढाउने हो भने पहिलो शैक्षिकसत्रमा नै राम्रो सुधार आउने अभिभावकको भनाइ थियो ।

अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएका विद्यालयमा केही पुराना शिक्षक भए पनि उनीहरुको अनुभव र क्षमताले बालबालिकामा सुधार आउने र निजी विद्यालयको गुणस्तर सामुदायिक विद्यालयबाट नै पाउने निर्वाचित जनप्रतिनिधिले जनाए ।

वि.सं.२०७५ वैशाख ३० आइतवार १३:२३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...