back
CTIZAN AD

समस्यामा अनाथ बालबालिका

वि.सं.२०७५ वैशाख ३० आइतवार

801 

shares

३० वैशाख, काठमाडौँ  । बूढानीलकण्ठ नगरपालिका–५ डाँडागाउँमा सञ्चालित अनाथ तथा असहाय बाल सुधार समाजमा रहेका बालबालिकालाई विद्यालय पोशाक र अध्ययन खर्चको समस्या परेको छ ।

विसं २०५९ मा काठमाडौँको डल्लुबाट एक बालकबाट शुरु भएको समाजमा अहिले टुहुरा १३ बालिका र २४ बालक छन् । तीमध्ये १३ बालबालिकाले बालविकास समाज बूढानीलकण्ठमा निःशुल्क अध्ययन गरेको र बाँकी २४ जनालाई पञ्चकन्या माविमा पैसा तिरेर पठनपाठन गराउँदै आएको समाजका सञ्चालक रमेशदेव सुनारले जानकारी दिए । “अनाथ बालबालिकालाई पैसा तिरेर पढाउनुपर्दा समस्या परेको छ”, उनले भने ।

सुनारले आफू सानै उमेरमा अनाथ भएका कारण अनाथ बालबालिकाप्रति केही गर्नुपर्ने मान्यताका साथ १५ वर्ष पहिले समाज स्थापना गर्नुभएको थियो । समाजमा नुवाकोट, धादिङ, रसुवा, कास्की, सिन्धुपाल्चोक, कालीकोट, बाजुरा, मुगु, सुर्खेतलगायत १४ जिल्लाका अनाथ बालबालिका छन् ।

अनाथ बालबालिकालाई दुई छाक खाना खुवाउनका लागि काठमाडौँ भ्याली विद्यालय चक्रपथले प्रतिमहिना १२ बोरा चामल र चार बोरा दाल उपलब्ध गराएको र तरकारीका लागि समाजसेवी कल्पना थापाले सहयोग गरेको सञ्चालक सुनार बताउँछन् । “सरकारले भने समाजका अनाथ तथा असहाय बालबालिकाका लागि केही सहयोग गरेको छैन,”, उनले भने ।

वि.सं.२०७५ वैशाख ३० आइतवार १४:१० मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...