back
CTIZAN AD

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको – ओली

वि.सं.२०७५ वैशाख ३० आइतवार

885 

shares
k|ltlglw;efsf] a}7s k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf af]Ng'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
३० वैशाख, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिबारे प्रतिनिधिसभामा आज सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भने, “ दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा अघि बढाएर लैजाने वातावरण बनेको छ ।”

राष्ट्रहितलाई शिरोधार्य गरी मनमा राखिएको छ, कहीँ कतै छोडिएको छैन भन्दै उनले देश र जनताको शिर निहुरिन दिने र कमजोर पार्ने काम नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, “अहिलेभन्दा तीन वर्षअघि नेपाल र भारतबीचको सम्बन्ध तनावको अवस्थामा थियो, त्यो स्थितिबाट नाकाबन्दीको स्थितिमा गयो, नाकाबन्दीपछि कम्तीमा आज हामी यो स्थितिमा पुगेका छाँै । हामी छिमेकीसँग राष्ट्रिय लाभका लागि सन्तुलित सम्बन्धका कुरा गर्छांै । हामी दुश्मनी कसैसँग चाहँदैनौँ, मित्रता चाहन्छौँ, कसैसँग शत्रुता, वैरभावको होइन, मित्रताको सम्बन्ध चाहन्छौँ ।”

दुई देशबीचको सम्बन्ध बराबरीका आधार हुने तथा आवश्यकता र प्राथमिकताका आधारमा समान व्यवहार हुने बताउँदै उहाँले भारतका प्रधानमन्त्री मोदीको वक्तव्यमा नेपालको सार्वभौमसत्ता र अखण्डताका विषय खुलस्त प्रकट भएको उल्लेख गरे ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला भएका छलफल र सहमति दुवै देशको स्वाभिमान र साझा लाभका विषय भएकाले तत्कालै अघि बढाइने बताउँदै उनले भने, “ढुक्क भए हुन्छ, सबै सहमति पारदर्शी छन्, कुनै विषयमा तलमाथि भएको छैन, त्यसको जिम्मेवारी म लिन्छु ।”

प्रधानमन्त्रीले एउटै पनि शब्द, काम र व्यवहार राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रश्नमा कमजोर हुन नदिएको तथा राष्ट्रिय हित विपरीत नरहेको स्पष्ट पारे ।

छिट्टै चीन जाने

“हाम्रा दुवै छिमेकीसँग सम्बन्ध सुमधुर र सुदृढ बनाइनेछ, निकट भविष्यमा म चीन भ्रमणमा जानेछु ”, उनले भने ।
नेपाली जनताले गल्ती, कमजोरी र चुक्ने काम नहोस्, विगतका गल्ती पनि सच्याइयोस् भनी लगातार गरेको खबरदारीलाई आफूले अत्यन्तै सकारात्मक ढंगले लिएको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्र, राष्ट्रियता, स्वाधीनता र स्वाभिमानप्रति सरकार निकै सचेत रहेको उल्लेख गरे ।

राष्ट्रिय हित र स्वाभिमानमा नझुकीकन सन्तुलित र सुमधुर सम्बन्ध बनाइयोस् भन्ने पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता तथा बुद्धिजीवीप्रति धन्यवाद व्यक्त गर्दै उनले त्यसबाट नेपाल र भारतबीचको सम्बन्धलाई समयानुकूल र सुदृढ तुल्याउन योगदान पुगेको विश्वास व्यक्त गरे ।

“केही विषयमा हामीले सहमति गरेका छाँै, विगतमा भएका केही सम्झौतालाई हामीले कार्यान्वयन गर्नुपर्नेछ, त्यसलाई कार्यान्वयन गर्न समयसीमा तोकेका छौँ । नेपालको संविधान दिवसलाई आधार बनाई सहमतिलाई कार्यान्वयन गर्ने भन्ने सहमति भएको छ”, प्रधानमन्त्री ओलीले भने ।

काठमाडौँ–रक्सौल रेलका लागि भारतकै खर्चमा निर्माणका लागि सर्वेक्षण र जलमार्ग सञ्चालन गर्ने विषयमा कार्यदल बनाएर अघि बढ्ने सहमति भारतसँग भएको जानकारी प्रधानमन्त्री ओलीले दिए ।

असन्तुलन पनि भन्न नसुहाउने भयावह व्यापार घाटा न्यूनीकरण गर्न तीन महिनाभित्र व्यापार सन्धिको पुनरवलोकन गर्ने, चिया अदुवा, जुट र अलैँची निकासीमा देखिएका समस्या समाधान गर्ने, थप चार स्थानबाट हवाई मार्ग प्राप्त गर्ने, सीमा क्षेत्रका बाँधका नाममा बनाइएको सडकका कारण हुँदै आएको डुबान रोक्न संयुक्त कार्यदल बनाएर काम गर्ने विषय पनि भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा सहमति भएको उनले बताए ।

नेपालमा लगानीलाई प्रोत्साहन गर्ने कुरा भइरहेका समयमा भारतको एकतर्फी निर्णयले ऊर्जा क्षेत्रको विकास प्रभावित हुनुहुँदैन भन्दै उनले पाँच वर्षभित्र अरुण तेस्रो परियोजनाबाट विद्युत् उत्पादन गर्दै अन्तर्रदेशीय प्रसारण लाइन बनाइसक्ने सहमति भएको बताए ।

इनर्जी बैंक बनाउन प्रस्ताव
दुई देशबीच भएका १९५० लगायत सन्धिसम्झौता पुनरवलोकन गर्ने वा के गर्ने भन्ने सन्दर्भमा नेपाल–भारत प्रबुद्ध समूहबाट भइरहेको कार्यप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त सन्धि एउटा मुलुकको प्रधानमन्त्री र अर्को मुलुकको राजदूतले हस्ताक्षर गर्नु नै असमान रहेको टिप्पणी गरे ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन गर्ने सन्दर्भमा त्यस क्षेत्रमा आवश्यकता अनुसारका सडक र पुल निर्माण गर्न नेपालले गरेको प्रस्तावलाई भारतले सकारात्मक रुपमा लिएको बताउँदै प्रधानमन्त्री ओलीले विद्युत्को उपयोगलाई व्यवस्थित तुल्याउन इनर्जी बैंक बनाउन प्रस्ताव गरिएको जानकारी दिए ।

विराटनगर र भैरहवामा एकीकृत जाँचचौकी निर्माण छिट्टै गर्ने सम्बन्धमा अनौपचारिक सहमति भएको जानकारी दिँदै उनले ग्यास बुलेट, फर्मास्युटिकल्सको समस्या पनि छिटो समाधान होस् भन्ने चाहेको बताए ।

नेपालको बैंकिङ प्रणालीमा रहेको भारतीय नोटका विषयमा भारतीय पक्षबाट खास जवाफ आइनसकेको बताउँदै प्रधानमन्त्री ओलीले पारवहन सुविधाका लागि थप बन्दरगाह दिन आग्रह गरिएको तथा जलमार्ग र रेलमार्गका बारेमा पनि पत्राचार भएको बताए ।
‘मुख्यमन्त्रीको वक्तव्य अनुपयुक्त’
भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा अभिनन्दन गर्ने क्रममा मुख्यमन्त्रीबाट भएको वक्तव्य राष्ट्रिय हित र कूटनीतिक मर्यादाको दृष्टिकोणबाट कमजोर र अनुपयुक्त रहेको देखिएको प्रधानमन्त्री ओलीले स्पष्ट गरे । अभिनन्दनप्रति भने जनताको सकारात्मक चासो रहेको उनले बताए ।

वि.सं.२०७५ वैशाख ३० आइतवार १४:५७ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...