back
CTIZAN AD

बाढीले चार घर पुर्यो,सडक अवरुद्ध, एकदर्जन बढी घर प्रभावित

वि.सं.२०७५ वैशाख ३१ सोमवार

717 

shares

३१ वैशाख, बाबियाचौर, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ ।

भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए । बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र ढावा शेर्पाको एक तले घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

गोविन्द पुर्जाको कपडा पसल, टेकनारायण पौडेलको स्टेशनरी र अरुण थकालीको घरमा बाढी पसेर क्षति पु¥याएको छ भने केही होटल र घरमा समेत बाढी पसेको छ ।

बाढीबाट त्यहाँ रहेका एक दर्जन बढी घर प्रभावित भएका छन् । घरमा बाढी पसेपछि अन्नपात, लत्ताकपडालगायत घरायसी सामानमा क्षति पुगेको छ । प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

दिउँसो ३ बजेदेखि डेढ घण्टासम्म भएको भीषण वर्षापछि बस्ती माथिको पाखोबाट आउने खहरेखोलामा एक्कासि बाढी आएपछि स्थानीयको भागाभाग भएको थियो । खोलालाई कुलोबाट निकास दिएर व्यवस्थापन गरेर क्षतिको विवरण संकलन गरिरहेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख नेत्रप्रसाद पोखरेलले बताए ।

वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरो र खोल्सामा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । दानाको घट्टेखोला, काभ्रे र बेगखोलामा बाढीले अवरुद्ध बनाएको सडक खुलाउन बेनी जोमसोम कोरला सडक आयोजनाले डोजर परिचालन गरेको सुपर भाइजर इन्द्रसिङ शेरचनले बताए ।

घट्टेखोलामा बाढीले निर्माणाधीन पुलमा समेत क्षति पु¥याएको छ । सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमण, मुक्तिनाथ दर्शनमा आउने\जाने भक्तजन तथा पर्यटक समस्यामा परेका छन् ।

वि.सं.२०७५ वैशाख ३१ सोमवार ०८:५९ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...