back
CTIZAN AD

तोली स्वास्थ्य चौकीको सेवा अस्तव्यस्त

वि.सं.२०७५ वैशाख ३१ सोमवार

678 

shares

३१ वैशाख, बाजुरा ।  बाजुराको त्रिवेणी नगरपालिकास्थित तोली स्वास्थ्य चौकीको सेवा अस्तव्यस्त छ ।

स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा संस्थाले दिने सेवा अस्तव्यस्त अवस्थामा पुगेको स्थानीयवासीले गुनासो गरेका हुन् । सात जनाको दरबन्दी रहेको हाल स्वास्थ्य चौकीमा एकजना अनमी देवकी गौमतमात्र कार्यरत थिए ।

स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी कोही बिदामा र कोही दरबन्दी मिलान गरेर अर्को ठाउँमा गएपछि स्वास्थ्य सेवा प्रभावित बनेको अनमी गौतमले जानकारी दिए । स्वास्थ्य चौकी त्रिवेणी नगरपालिका केन्द्रको १० मिनेटको दूरीमा छ ।

स्वास्थ्यकर्मी नहुँदा उपचारसहित प्रसुति सेवासमेत प्रभावित भएकोे छ । बिहान बेलुका एकैजनाले सेवा दिन नसकिने हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको उनले बताए ।

स्वास्थ्य चौकीमा दैनिक २५ जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्, तर स्वास्थ्यकर्मी नहुँदा सेवा नपाएर घर फर्किनु पर्ने बाध्यता रहेको स्थानीय वीरेन्द्रबहादुर साउदले गुनासो गरेका छन् ।

स्वास्थ्य चौकीमा कर्मचारीसँगै औषधि पनि अभाव छ गर्मीका बेला पखालाको संक्रमण बढ्ने हुँदा यहाँ सलाइनलगायतका सामान्य औषधि पनि अभाब छ । स्वास्थ्य चौकी त्रिवेणी नगरपालिकाको स्वामित्वमा छ । तर नगरपालिका स्वास्थ्य सेवाबारे नगरपालिका बेखबर बनेको छ ।

औषधि गएको वर्ष मंसिरदेखि कमी भए पनि चरम अभाव चैतदेखि भएको बताइएको छ । स्वास्थ्य चौकीमा दुईजना अहेब, दुईजना अनमी, दुईजना कार्यालय सहयोगी कार्यरत छन् तर प्रायः सबैजना स्वास्थ्य चौकीमा उपस्थित हुने गरेका छैनन् । हेल्थ असिस्टेन्ट पद पनि रिक्त छ ।

स्वास्थ्य चौकीका इन्चार्ज वीरबहादुर अयडी उक्त नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि कार्यालय प्रमुखविहीन बनेको छ । कार्यालयको अस्तव्यस्तताका कारण संस्थागत सुत्केरी गराएबापत पाउने सुत्केरी भत्तासमेत सुत्केरीले नपाएको गुनासो आउन थालेको छ ।

सुत्केरी अवस्थामै सुरक्षा र आवश्यक पोषणका लागि पाउनुपर्ने भत्ता नै उधारो हुँदा सुत्केरी असन्तुष्ट बनेका छन् । संस्थामा सुत्केरी गराएबापत एक हजार ५०० र चार पटकसम्म नियमित गर्भजाँच गराएबापत थप पारिश्रमिक दिने व्यवस्था छ ।

कार्यालय सहयोगीले डेढ वर्षदेखि भ्याक्सिन ढुवानीबापतको रकमसमेत नपाएको गुनासो गरेका छन् । नगरपालिकाले भने यसबारे कुनै चासो नदिएको र तीन हप्तादेखि आर्थिक कारोबार बन्द गरेको छ ।

वि.सं.२०७५ वैशाख ३१ सोमवार १४:२३ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...