back
CTIZAN AD

गैँडा तस्कर अझै फरार

वि.सं.२०७५ वैशाख ३१ सोमवार

660 

shares

gaida

३१ वैशाख, चितवन ।  चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा तस्करीमा संलग्न भई दोषी प्रमाणित भएका ९० जना अझै फरार रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पक्राउ गरी १५० जना विभिन्न कारागारमा कैदीका रुपमा छन् । फरार दोषीको खोजी भइरहेको छ ।

“तल्लोदेखि माथिल्लो तहसम्म खोजी भइरहेको छ,” उनले बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, निकुञ्ज विभागको वन्यजन्तु अपराध नियन्त्रण इकाइ, जिल्ला प्रहरी कार्यालय र तिनका मातहत कार्यालय, निकुञ्ज र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले पनि फरार अभियुक्तको खोजी गरिरहेको छ ।

स्वदेश र विदेशमा लुकीछिपी रहेका तस्करको खोजी जारी रहेको अर्यालले बताएका छन् । त्यस्ता व्यक्तिविरुद्ध इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरी विदेशका विभिन्न मुलुकमा खोजी जारी राखिएको छ । यसै क्रममा २०७१ सालमा मलेसियामा रहेका राजकुमार प्रजालाई त्यहाँको प्रहरीले पक्राउ गरी पठाएको थियो । उनीविरुद्ध २० वटा गैँडा मारेको अभियोग लागेको छ ।

सन् १९९५ यता निकुञ्जमा तस्करले १७६ गैँडा मारेका थिए । त्यस समय र त्योभन्दा अघिदेखिका फरार तस्करको खोजी भइरहेको छ । सशस्त्र द्वन्द्वको समयमा निकुञ्जमा सबैभन्दा बढी गैँडा तस्करले मारेका थिए । विसं २०५८ देखि २०६३ सम्म १०६ गैँडा तस्करले मारेको निकुञ्जले जनाएको छ ।

सन् २००२ मा मात्रै ३५ गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरुमा शून्य चोरीशिकार हुँदै आएको छ । विसं २०६८ यता तीनवटा गैँडा तस्करले मारेका छन् । सन् २०११, २०१३, २०१५ र २०१६ शून्य चोरीशिकार वर्ष भएका छन ।

निकुञ्ज ऐनमा गैँडा चोरीशिकार गर्नेलाई पाँचदेखि १५ वर्षसम्म जेल र रु पाँच लाखदेखि रु १५ लाखसम्म जरिवाना हुने व्यवस्था छ । पछिल्लो समय संरक्षणप्रति स्थानीय बासिन्दाको सहभागिता बढ्दै गएपछि चोरीशिकारीमा कमी आएको छ ।

मध्यवर्तीका बासिन्दा चोरीशिकार विरुद्ध संगठित ढंगले लागिपरेका छन । निकुञ्ज प्रशासन, खटिएका सेना विभिन्न नयाँ रणनीतिका साथ चोरीशिकार नियन्त्रणमा जुटेका छन् । सूचना अधिकारी अर्यालले सबैको सहयोगका कारण चोरीशिकार घटेको र फरार रहेका तस्कर पक्राउ पर्ने क्रम जारी रहेको बताए ।

वि.सं.२०७५ वैशाख ३१ सोमवार १४:३९ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...