back
CTIZAN AD

उद्योगमा आगलागीले लाखौँको क्षति

वि.सं.२०७५ वैशाख ३१ सोमवार

708 

shares

fire photo३१ वैशाख, जिरी, दोलखा । दोलखाको जिरी नगरपालिकास्थित एक भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिरी नगरपालिका वडा नं ७ खावास्थित वैशाखेश्वरी भेनियर उद्योगमा आगलागी हुँदा भेनियर पत्ता निकाल्ने सहित अन्य उपकरण, चिरान गरी राखिएका करीब तीन हजार क्युफिट काठ जलेर नष्ट हुँदा करीब रु ९० लाख बराबरको धनमाल क्षति भएको उद्योगका प्रोप्राइटर मोहनकुमार खड्काले जानकारी दिए ।

आगलागीबाट घर निर्माणका लागि चिरान गरी राखिएको स्थानीय भूकम्प पीडितको काठसमेत जलेको तर काठ चिरानको उपकरण भने अलि टाढा रहेकाले जोगिए पनि अन्य सबै उपकरण र चिरान गरिएको काठ जलेर नष्ट भएको उनले बताए ।

फर्निचरमा मध्यराति चट्याङपछि विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ । मध्यराति १२ बजेदेखि शुरु भएको आगो आज बिहान ३ बजेमात्रै नियन्त्रणमा आएको थियो । प्रहरीले पनि आगलागीको पुष्टि गर्दै करीब रु ८० देखि ९० लाखबराबरको क्षति भएको अनुमान गरेको छ । सो उद्योगमा करीब १५ व्यवसायीको रु डेढ करोड बराबरको लगानी थियो ।

वि.सं.२०७५ वैशाख ३१ सोमवार १४:४५ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...