back
CTIZAN AD

राजमार्गमा बाढी र पहिरोसमेत बगेर अवरुद्ध

वि.सं.२०७५ वैशाख ३१ सोमवार

789 

shares

३१ वैशाख, मलेखु, धादिङ । केही दिनदेखिको वर्षाका कारण राजमार्गमा बाढी र पहिरोसमेत बगेर अवरुद्ध हुने क्रम बढेको छ ।

सोमबार बिहान गजुरी गाउँपालिका अन्तर्गत जरेखेतमा सडक माथिबाट पहिरो र लेदो माटो आउँदा राजमार्ग अवरुद्ध भयो । पूर्वपश्चिम जान लागेका यातायातका साधन बाटोमा ३ घण्टा रोकियो । गजुरीबाट डोजर लगेर सडक सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए ।

राजमार्गबाट शाखा सडक खन्दा आधारभूत मापदण्ड पूरा नगरेका कारण शाखा बाटोमा निकालिएको माटो पहिरोका रुपमा परिणत भई राजमार्गमासमेत क्षति पु¥याएकाले शाखा सडक निर्माण गर्दा ध्यान पु¥याउनुपर्ने भएकाले गाउँपालिकाले योजना सञ्चालनमा समेत विशेष ध्यान दिने गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले बताएका छन् ।

सो क्षेत्रमा केही दिनअघि पनि सडक माथिबाट आएको लेदो पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । राजमार्गमाथि खनिएका शाखा सडक पहिरो नजाने गरी निर्माण गर्नुपर्ने र वातावरणीय पक्षलाई समेत ध्यान दिनुपर्ने जरेखेतबासीको भनाइ थियो ।

रागमार्ग क्षेत्रमा रहेको धुनीबेशी नगरपालिका, गल्छी, थाक्रे, गजुरी र बेनिघाटरोराङ गाउँपालिका क्षेत्रबाट २०० भन्दा बढी शाखा सडक खनिएको देखिन्छ । शाखा सडक निर्माण गरिएको हरेक स्थानमा राजमार्ग भत्किएको छ ।

वि.सं.२०७५ वैशाख ३१ सोमवार १५:३७ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...