back
CTIZAN AD

काठमाडौँमा ‘हिमालयन ट्राभल मार्ट’

वि.सं.२०७५ वैशाख ३१ सोमवार

825 

shares

३१ वैशाख, काठमाडौँ  । नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गका रुपमा स्थापित गराई साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘हिमालयन ट्राभल मार्ट–२०१८’ आयोजना हुने भएको छ ।

हिमाली क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्दै विश्व बजारमा प्रवद्र्धनार्थ आगामी जेठ १८ देखि २० ९जुन १–३० सम्म काठमाडौँमा मार्ट हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मार्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको होस्ट तथा नेपाल वायु सेवा निगमको साझेदारीमा नेपाल पर्यटन बोर्ड मुख्य आयोजक रहेको छ । मार्टको कार्यकारी आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टर रहेको छ ।

मार्टमा विभिन्न २८ मुलुकका ५६ वटा बायर्सको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय सहभागिता १५० रहने र नेपालका व्यवसायीको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।

पहिलो पटक गतवर्ष आयोजना गरिएको मार्टमा ६० भन्दा बढी बिदेशी क्रेता र ५० भन्दा बढी क्षेत्रीय बिक्रेताको सहभागिता थियो ।

पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रुपमा स्थापित गराउनाका साथै विश्वचर्चित ब्लगर्स, बायर्स र मिडियालाई जमघट गराई नेपाल प्रवद्र्धन गर्नु मार्टको मुख्य उद्देश्य भएको उल्लेख गरे ।

अन्र्तरदेशीय व्यावसायिक जमघटले व्यवसाय प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार र पर्यटकको संख्या बढाउन तथा गन्तव्यको छविलाई सकारात्मक योगदान दिन मार्टले महत्वपूर्ण भूमिका खल्ने उनको भनाइ छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले आगामी सन् २०३० सम्ममा ५० लाख पर्यटक पु¥याउने योजनालाई सार्थक तुल्याउन आगामी रणनीति तय गर्न पनि मार्ट सहयोगी सिद्ध हुने उल्लेख गरे । उक्त मार्टका लागि करीब रु सात करोड खर्च हुने बताइएको छ । यसमा ४० प्रतिशत निजी क्षेत्रको साझेदारिता रहेको छ ।

सरकारी नीति नियम कार्यान्वयनमा सहजता र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाई प्रभावकारी योजनाका साथ पर्यटकीय पूर्वाधार विस्तार र प्रवद्र्धनात्मक गतिविधि बढाउन सके लक्ष्य हासिल गर्न सम्भव हुने अध्यक्ष शाक्यले बताए ।

मार्टको सम्पूर्ण तयारी पूरा भएको र यस पटक मार्टलाई विषय केन्द्रित बनाएर गुणस्तरीय बनाइने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुढालले जानकारी दिनुभयो । उहाँका अनुसार मार्टको पहिलो दिन ‘द सस्टेनेवल रोड टू फाइभ मिलियन भिजिटर’ अवधारणाका साथ हिमालयन ट्राभल मार्ट कन्फरेन्स आयोजना गरिनेछ ।

दोस्रो दिन इन्टरनेश्नल ट्राभल ब्लगर्स एण्ड मिडिया कन्फरेन्स आयोजना गरिनेछ जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक ब्लगर तथा मिडियाको सहभागिता रहनेछ । विधुतीय बजार, व्यापार प्रवद्र्धन लगायतबारे छलफल हुनेछ । मार्टको तेस्रो दिन बिटुबी सेसनमा विश्वका स्थापित बायर्ससँग नेपाली व्यवसायीको जमघटमा व्यावसायिक प्रवद्र्धनको अवसर मिल्नेछ ।

मार्टमा विश्व पर्यटन बजारका नयाँ तथा पुराना सशक्त टुर अपरेटरहरुलाई क्रेताका रुपमा आमन्त्रण गरी हिमालय क्षेत्रका टुर अपरेटर, ट्राभल एजेन्सी, होटल, एयरलायन्स लगायत अन्य पर्यटकीय सेवा प्रदायक बिक्रेता कम्पनीहरुसँग व्यावसायिक भेटघाटका साथै बिटुबी मिटिङको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

वि.सं.२०७५ वैशाख ३१ सोमवार १५:४२ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...