back
CTIZAN AD

सिँचाइ अभावले चैतेधान खेतीमा ह्रास

वि.सं.२०७५ वैशाख ३१ सोमवार

849 

shares

dhan३१ वैशाख, भीमदत्तनगर ।  सिँचाइ अभावका कारण कञ्चनपुरमा वर्षेनी चैतेधान खेतीतर्फ किसानको आकषण घट्दै गइरहेको छ ।

कुनै समय कञ्चनपुरका खेतीयोग्य जमिनमध्ये ३२५ हेक्टर क्षेत्रफलमा चैतधान लगाइँदै आएको भए पनि हाल ९० हेक्टरमा मात्र लगाउने गरिएको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख सागर ढकाल जानकारी दिएका छन् ।

“विसं २०६८ मा ५६ हजार ६०२ हेक्टर खेतीयोग्य जमिनमध्ये ३२५ हेक्टरमा चैतेधान लगाएको तथ्याङ्क छ,” उनले भने, “सिँचाइको अभावले किसानले चैतेधान लगाउन छाड्न थालेका छन् ।”

कञ्चनपुर चैतेधान खेतीका लागी उपयुक्त क्षेत्र भए पनि सिँचाइको अभावका कारण जिल्लामा धानखेती घट्दै गएको ढकाल बताउछन् ।

कैलालीको मालाखेतीसम्म गरी यहाँको ३३ हजार ५२० हेक्टर क्षेत्रफल सिञ्चित हुने योजनासहित महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत मूल नहर निर्माणाधीन अवस्थामा छ । पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७०० हेक्टरका लागि सिँचाइ सुविधा पुगे पनि चैतेधानका बेला भने किसानलाई पानीको अभाव रहँदै आएको छ ।

आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारले चैतेधान उत्पादनलाई महत्व दिएपनि सिँचाइ अभावका कारण किसान त्यसतर्फ अग्रसर हुन छाडिसकेको भीमदत्तनगरपालिका–१६ का हंसराज जोशीले बताए ।

“अघिल्लो बर्षसम्म गाउँमा करिब २५ प्रतिशत किसानले चैतेधान लगाउँथे ।’ जोशीले भने– “समयमा पानी पाउन छाडेपछि किसानले धान लगाउन छाडे ।’ बेर्ना राख्ने र रोप्ने समयमा नहरमा पानी नै हुँदैन । महाकाली नदीबाट आउने पानी सिँचाइका लागि निरन्तर नआउँदा समस्या भएको हो ।

केही वर्षअघिसम्म चैतेधानले हरियाली देखिने फाँट अहिले गौचरनका लागि उपयोगी बनेका छन् । त्यसैगरी चैतेधान लगाउँदै आएकी वसन्तपुरकी कमला मल्लले पनि सिँचाइ समस्याकै कारण यस वर्ष चैतेधान लगाउन नपाएको दुखेसो पोखेका थिए । “जसोतसो धानको बेर्ना जोगाइयो, समयमै कुलोमा पानी नआएपछि बेर्नाको खेतमा पशु चराउनुपर्ने अवस्था आयो”, उनले भने ।

चैतेधान लगाउन नपाएपछि आम्दानी घट्ने किसानलाई पिरलो छ । विगत छ वर्षदेखि पाँचदेखि आठ कट्ठा जमिनमा चैतेधान खेती गर्दै आएका बेतकोट नगरपालिका–९ सुन्दरपुरका देवसिंह भण्डारी आफ्नो गाउँका करीब २० प्रतिशत किसानले सिँचाइ अभावका कारण चैतेधान लगाउन छाडिसकेको बताउछन् ।

वि.सं.२०७५ वैशाख ३१ सोमवार १६:३० मा प्रकाशित

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...