back
CTIZAN AD

स्पोर्टर्स अवार्ड : चार विधाका खेलाडी मनोनयन

वि.सं.२०७५ वैशाख ३१ सोमवार

726 

shares

३१ वैशाख, काठमाडौँ ।  नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत चार विधाका खेलाडीको मनोनयन आज सार्वजनिक गरिएको छ ।

मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की मनोनयनमा परेका छन् ।

त्यसैगरी वर्षको उत्कृष्ट महिलातर्फ खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ परेका छन् ।

युवा खेलाडीमा क्रिकेटका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश सेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल मनोनयमा परेका छन् ।

वर्षको उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थपामगर मनोनयनमा परेका छन ।

उत्कृष्ट पुरुष, महिला र प्रशिक्षकका उपाधि विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने युवातर्फको विजेताले रु ५० हजार प्राप्त गर्नेछन् ।

आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्धत गर्ने खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीलगायत विभिन्न आठ विधामा उत्कृष्ट घोषित हुनेलाई आगामी जेठ ३ गते अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।

वि.सं.२०७५ वैशाख ३१ सोमवार १७:१९ मा प्रकाशित

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...