गैरआवासीय नेपाली सघ आयरल्याण्डले छेत्रीय समीति गठन गर्दै गैरआवासीय नेपाली संघ आयरल्याण्डलाई विस्तार गर्ने क्रमलाई तीव्र पारेको छ ।
आईतबार मात्रै वर्तमान अध्यक्ष नवराज कोईराला सहित पूर्वअध्यक्षत्रय शुक्रराज न्यौपाने, गणेश प्रसाई र राजन काफ्ले तथा प्रमुख सल्लाहकार गंगाराम कंडेलको विशेष उपस्थितीमा टिप्रेरि स्थित ड्न्ड्रर्म नर्सरीमा आयोजीत क्रार्यक्रममा ठूलो संख्यामा उपस्थित सघका सदस्यहरुले सर्बसम्मत रुपमा टिप्रेरि छेत्रीय समीतिको गठन गरेको हो ।
नवगठित समीतिको अध्क्षयमा काजीमान श्रेष्ठ उपाध्यक्ष दलराम तमाङ्ग, सचिवमा सोहन थापा, कोषाध्यक्ष राजकुमार महर्जन, सहित सदस्यहरुमा रमेश गुरुङ, शंकर सुनुवार, भरत पाण्डेय, जितपाल गुरुङ, सुक बहादुर गुरुङ तथा सविता गुरुङ रहेका छन् ।
एनआरएनए आयरल्याण्ड अन्तर्गतको स्थानिय समितिहरु हाल सम्म कार्लो, कोर्क, लिमेरिक र टिपेररी गरेर ४ ठाउमा गठन भएको पनि पूर्वअध्यक्ष शुक्रराज न्यौपानेले जानकारी दिए ।
उक्त अबसरमा गैरआवासीय नेपाली सघ आयरल्याण्डका उपाध्यक्षद्वय चन्द्रकला निरौला, अन्तिम उप्रेती, महासचिव उजोल होम्बा, कोषाध्यक्ष जंग अधिकारी, महिला संयोजक अन्जु काफ्ले क्षेत्रीय संयोजक सुमन गुरुङ, राजकुमार महत, सुकमान लामा लगायत समीतिका धेरै सदस्यहरुको उत्साहजनक उपस्थिति रहयो ।

उक्त भेलाको सफल संयोजन सुमन गुरुङ, तेजु ज्ञवाली, काजीमान श्रेष्ठ राजकुमार महर्जन लगायत टिप्रेरि बासी नेपाली दाजुभाई तथा दिदी बहिनी हरुले गरेका थिए ।
सघका अध्यक्ष नवराज कोईरालाको अध्यक्षतामा आईतबारनै बसेको संघको नियमित बैठकले विभिन्न निर्णयहरु पारित गर्दै नव गठित एलसीसीका अध्यक्ष साथै सम्पूर्ण कार्यसमीतिका सदस्यहरुलाई बधाई तथा शुभ कामना ब्यक्त गरेको छ ।
गैरआवासीय नेपाली संघ आयरल्याण्डको एक एनसीसी र एक प्रोजेक्ट अन्तर्गत कार्यक्रम छनोटको संयोजन गर्नको लागी अध्यक्ष नवराज कोइराला र महासचिव उजोल होम्बालाई जीमेबारी दिईएको छ ।
उक्तबैठकले गैरआवासीय नेपाली संघ आयरल्याण्डले नेपालको पर्यटन प्रबद्र्धनका लागी निकट भविष्यमा कोर्क शहर अथवा आयरल्याण्डको अन्य कुनै ठाउमा नेपाली मेलाको आयोजना गर्नका लागि सम्भाब्यता अध्यन तथा विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्नको लागी संयोजन गर्ने जीम्मेवारी संघका पूर्वअध्यक्ष तथा वर्तमान संरक्षक शुक्रराज न्यौपाने लाई प्रदान गरिएको छ ।
त्यसैगरी गरी संघका आईसीसी सदस्य तथा पूर्वअध्यक्ष राजन काफ्लेलाई गैरआवासीय नेपाली संघ आयरल्याण्डको प्रोटोकल निर्माण गर्न संयोजन गर्ने जीम्मेवारी प्रदान गरेको छ भने संघका नव नियुक्त प्रवक्ता ओम अधिकारीलाई डीजीटल लिट्रेसी शिक्षाको लागि योजना निर्माणको जीम्मेवारी दिईएको छ ।
वि.सं.२०७५ वैशाख ३१ सोमवार १८:३४ मा प्रकाशित






























