back
CTIZAN AD

रहेनन् नेपाली म्याराडोना,५१ वर्षका उमेरमा निधन

वि.सं.२०७५ वैशाख ३१ सोमवार

840 

shares

mani bikram shaha३१ वैशाख,काठमाडौँ  । नेपालीे राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको आज साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ ।

कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ सो अस्पताल भर्ना भएका शाहको आज उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले जानकारी दिए । “उनी अस्पताल आउँदा लिभर फेल भइसकेको थियो” मैनालीले भने ।
“जनरल इन्टेन्सिभ केयर युनिटमा राखेर उपचार शुरु ग¥र्यौ, त्यसमा पनि उहाँको अवस्थामा सुधार भएन, आज बिहानदेखि भेन्टिलेरमा राखेर उपचार गर्दै थियौँ, साँझ निधन भयो ।”

अहिले अस्पतालमा खेलाडी, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र परिवारका सदस्यको बाक्लो उपस्थित रहेको बताइएको छ ।

उनी नेपाली फुटबलमा म्याराडोनाको रुपमा चर्चित थिए । सन् १९९८ को एसियन खेलकुद उनको अन्तिम अन्तर्राष्ट्रिय खेल थियो। राष्ट्रिय टोलीका कप्तान समेत रहेको उनले मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए। बाँया खुट्टे शाह विदेशी क्लबहरुसँग खेल्दा पनि नेपाली मिडफिल्ड र फरवार्ड दुवै खेल्न सक्ने आफ्नो समयमा प्रतिभावान खेलाडि हुन्।

वि.सं.२०७५ वैशाख ३१ सोमवार २१:१२ मा प्रकाशित

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...