back
CTIZAN AD

कम समयमा बढी उत्पादन गर्न आवस्यक अर्र्गानिक विधि : कृषिमन्त्री

वि.सं.२०७५ जेठ १ मंगलवार

852 

shares

१ जेठ, महोत्तरी । कृषि क्षेत्रलाई प्रबद्र्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताएका छन् ।

सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्दै कृषिमन्त्री साहले प्रदेश नं २ पूर्णयता कृषिमा आधारित रहेकाले कम समयमा बढी उत्पादन गर्नका लागि सो विधिको विकल्प नरहेकोमा जोड दिए ।
संस्थालाई देशकै नमूना संस्था बनाउनका लागि कुनै कसर बाँकी नराख्ने मन्त्री साहले प्रतिबद्धता जनाए ।

कार्यक्रमका बीच प्रदेश अर्थमन्त्री विजय यादवले भारतका दरभंगाका महाराजले सञ्चालनमा ल्याएको ऐतिहासिक यस संस्थालाई जोगाउनका लागि प्रदेश सरकारले आगामी दिनमा हरसम्भव सहयोग गर्ने धारणा राखे । सोही क्रममा गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले देशकै नमूना संस्थालाई जोगाउनका लागि चौतर्फी सहयोगको माग गरेका थिए ।

राष्ट्रिय कृषि विकास बोर्डद्वारा सञ्चालित निगौल गाई गौशालामा हाल कार्यालय प्रमुख नहुँदा लामो समयदेखि निमित्तको भरमा सञ्चालनमा आएको छ जसका कारण संस्थाले सोचेअनुसारको प्रगति गर्न नसकेको कार्यालय स्रोतको भनाइ रहेको छ ।

वि.सं.२०७५ जेठ १ मंगलवार १३:२२ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...