back
CTIZAN AD

मन्त्री आङवोलाई रंगशाला समितिको ज्ञापन

वि.सं.२०७५ जेठ २ बुधवार

735 

shares

 

२ जेठ, दमक ।  झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानले सुविधासम्पन्न रंगशालासहित स्मृति पार्क निर्माणका लागि प्रदेश सरकारसँग सहयोगको माग गरेको छ ।

प्रतिष्ठानको नेतृत्व टोलीले मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोलाई भेटेर रंगशालाको भोगाधिकारसहित बजेटको माग गरेको हो । मन्त्री आङ्वोलाई प्रतिष्ठानका तर्फबाट अध्यक्ष हुकुमसिंह राईले ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउदै अध्यक्ष राईले निर्माणाधीन आदिवासी रंगशालालाई पहिचानसँगै विकास गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आदिवासी, जनजातिको समाधिस्थल नष्ट गरेर रंगशाला बनाउने कार्यलाई पूर्णता दिन मन्त्री आङ्वोसँग माग गरेका छन् ।

ज्ञापनपत्र बुझाउदै मन्त्री राईले प्रस्तावित योजनाअनुसारनै रंगशाला निर्माण गर्न प्रदेश सरकारले प्राथमिकता दिएको बताए । उनले केन्द्र र प्रदेश सरकार मिलेर देशकै सर्वोत्कृष्ट रंगशाला बनाउन सबैको सहमतिमा रंगशालाको कामले गति लिने विश्वास दिएका छन् ।

त्यस क्रममा प्रतिष्ठानका उपाध्यक्ष पदम जवेगु, महासचिव दिपेनवाला राई, सदस्यद्वय चन्द्रकला सुब्बा, विष्णु भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ जेठ २ बुधवार १२:३४ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...