back
CTIZAN AD

कलर्स एक्स फ्याक्टर्सबाट कान्तिपुर पराजित

वि.सं.२०७३ असोज १४ शुक्रवार

2.1K 

shares

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाजलाई १५ रनले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको कलर्सले २० ओभरमा आठ विकेट गुमाउदै १२४ रन जोड्यो । कलर्सका ब्याट्सम्यान योगेन्द्रसिंह कार्कीले ३० रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले २० तथा अमर रौतेलाले १६ रनको योगदान दिए ।

कान्तिपुरका वसन्त रेग्मी र ललितसिंह भण्डारीले समान दुई ÷दुई विकेट लिए भने ललित राजवंशी र आकाश विष्टले समान एक÷ एक विकेट लिए ।

त्यसैगरी कलर्सले दिएको १२५ रनको विजय लक्ष्यलाई पछ्याएको कान्तिपुर भने निर्धारित २० ओभरमा सात ७ विकेट गुमाउँदै १०९ रनमा समेटियो । कान्तिपुरका लागि प्रदीप ऐरीले ३१, रेग्मीले २५ तथा अन्तिम थापाले ३० रनको योगदान दिए तापनि त्यो जितको लागि पर्याप्त भएन ।

कान्तिपुरलाई १०९ रनमा समेट्ने क्रममा कलर्सका अमर रौतेलाले तीन तथा अविनाश कर्णले दुई विकेट लिए । त्यसैगरी योगेन्द्रसिंह कार्की र हरिशङ्कर शाहले समान एक÷एक विकेट लिए । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा पञ्चकन्या तेजले सगरमाथा लेजेन्ड्सलाई ४९ रनको विशाल अन्तरले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको पञ्चकन्याले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८५ रनको विशाल योगफल तयार पा¥यो । जवाफी ब्याटिङमा आएको सगरमाथा १७.४ ओभरमै अलआउट हुँदै १३६ रनमा समेटियो । पञ्चकन्याको जितमा करण केसीले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाए । त्यस्तै पृथु बाँस्कोटाले ३८, कप्तान शरद् भेषवाकरले ३० तथा कुशल भुर्तेलले २२ रन बनाएपछि पञ्चकन्याको जित सहज भयो ।

यता सगरमाथाका मेहबुब आलमले सर्वाधिक २३ रन तथा विक्रम सोबले दुई विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् । जारी लिगमा चार खेलमा सबै जित हासिल गरेको पञ्चकन्या प्रतियोगिताको फाइनलमा पुगेको छ भने सबै खेल हारेको सगरमाथा बाहिरिसकेको छ ।

आजै भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्सले कान्तिपुर गोर्खाजलाई १५ रनले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत बिहीबार जगदम्बा राइनोजविरुद्ध कलर्स एक्स फ्याक्टर्स तथा विशाल वारियर्सविरुद्ध पञ्चकन्या तेज भिड्नेछन् ।

वि.सं.२०७३ असोज १४ शुक्रवार ०२:११ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...