Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

कलर्स एक्स फ्याक्टर्सबाट कान्तिपुर पराजित



काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाजलाई १५ रनले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको कलर्सले २० ओभरमा आठ विकेट गुमाउदै १२४ रन जोड्यो । कलर्सका ब्याट्सम्यान योगेन्द्रसिंह कार्कीले ३० रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले २० तथा अमर रौतेलाले १६ रनको योगदान दिए ।

कान्तिपुरका वसन्त रेग्मी र ललितसिंह भण्डारीले समान दुई ÷दुई विकेट लिए भने ललित राजवंशी र आकाश विष्टले समान एक÷ एक विकेट लिए ।

त्यसैगरी कलर्सले दिएको १२५ रनको विजय लक्ष्यलाई पछ्याएको कान्तिपुर भने निर्धारित २० ओभरमा सात ७ विकेट गुमाउँदै १०९ रनमा समेटियो । कान्तिपुरका लागि प्रदीप ऐरीले ३१, रेग्मीले २५ तथा अन्तिम थापाले ३० रनको योगदान दिए तापनि त्यो जितको लागि पर्याप्त भएन ।

कान्तिपुरलाई १०९ रनमा समेट्ने क्रममा कलर्सका अमर रौतेलाले तीन तथा अविनाश कर्णले दुई विकेट लिए । त्यसैगरी योगेन्द्रसिंह कार्की र हरिशङ्कर शाहले समान एक÷एक विकेट लिए । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा पञ्चकन्या तेजले सगरमाथा लेजेन्ड्सलाई ४९ रनको विशाल अन्तरले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको पञ्चकन्याले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८५ रनको विशाल योगफल तयार पा¥यो । जवाफी ब्याटिङमा आएको सगरमाथा १७.४ ओभरमै अलआउट हुँदै १३६ रनमा समेटियो । पञ्चकन्याको जितमा करण केसीले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाए । त्यस्तै पृथु बाँस्कोटाले ३८, कप्तान शरद् भेषवाकरले ३० तथा कुशल भुर्तेलले २२ रन बनाएपछि पञ्चकन्याको जित सहज भयो ।

यता सगरमाथाका मेहबुब आलमले सर्वाधिक २३ रन तथा विक्रम सोबले दुई विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् । जारी लिगमा चार खेलमा सबै जित हासिल गरेको पञ्चकन्या प्रतियोगिताको फाइनलमा पुगेको छ भने सबै खेल हारेको सगरमाथा बाहिरिसकेको छ ।

आजै भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्सले कान्तिपुर गोर्खाजलाई १५ रनले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत बिहीबार जगदम्बा राइनोजविरुद्ध कलर्स एक्स फ्याक्टर्स तथा विशाल वारियर्सविरुद्ध पञ्चकन्या तेज भिड्नेछन् ।


-->

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन,

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।