Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

‘झुस्या’का दुई उपन्यास लोकार्पित



काठमाडौँ । प्रगतिवादी साहित्यकार लोकबहादुर थापा मगर ‘झुस्या’का दुई उपन्यास ‘सम्झनाका घाउ’ र ‘विश्वास’ बुधबार लोकार्पण भएका छन् ।

बुधबार आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता रामबहादुर थापा, नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा विभाग प्रमुख श्रवण मुकारुङ, प्रलेस नेपालका अध्यक्ष मातृका पोखरेल लगायतले लोकार्पण गर्नुभयो ।

यी दुवै उपन्यास ‘झुस्या’ले यसअघि नै प्रकाशनमा ल्याएका मगर भाषाका दुई उपन्यासको नेपाली संस्करण हुन् । मगर साहित्यमा विशेष दख्खल राख्ने उहाँले ‘आखिरीआङ भगुमान मालेलेसा’ (आखिरीमा भगवान् रहेनछ) र ‘आर्मिट्च मामरी’ (सम्झनाका घाउ) प्रकाशन गरिसक्नुभएको छ । ती दुवैलाई ‘झुस्या’ आफैँले नेपालीमा अनुवाद गर्नुभएको हो । यो क्रममा ‘आखिरीमा भगवान् रहेनछ’लाई शीर्षक परिवर्तन गरेर ‘विश्वास’ राखिएको हो ।

उपन्यास ‘सम्झनाका घाउ’ दशवर्षीय माओवादी जनयुद्धको कथामा आधारित छ भने समाजमा रहेको कुसंस्कृति र अन्धविश्वासविरुद्धको आवाज ‘विश्वास’मा समेटिएको छ । प्रलेसको आयोजनामा भएको कार्यक्रममा नेता थापाले ‘झुस्या’का उपन्यासले ‘सत्यम्, शिवम् र सुन्दरम्’ तीनै कुरा स्थापित गरेको बताउनुभयो ।

कार्यक्रममा आहुति, जगत् उपाध्याय, रमेश भट्टराई लगायतले समीक्षा गर्दै कृति उपन्यासभन्दा बढी संस्मरणात्मक भएको बताउनुभयो । विसं २००९ मा स्याङ्जामा जन्मिनुभएका ‘झुस्या’का करिब २१ कृति प्रकाशन भइसकेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले