back
CTIZAN AD

‘झुस्या’का दुई उपन्यास लोकार्पित

वि.सं.२०७३ असोज १४ शुक्रवार

2.3K 

shares

काठमाडौँ । प्रगतिवादी साहित्यकार लोकबहादुर थापा मगर ‘झुस्या’का दुई उपन्यास ‘सम्झनाका घाउ’ र ‘विश्वास’ बुधबार लोकार्पण भएका छन् ।

बुधबार आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता रामबहादुर थापा, नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा विभाग प्रमुख श्रवण मुकारुङ, प्रलेस नेपालका अध्यक्ष मातृका पोखरेल लगायतले लोकार्पण गर्नुभयो ।

यी दुवै उपन्यास ‘झुस्या’ले यसअघि नै प्रकाशनमा ल्याएका मगर भाषाका दुई उपन्यासको नेपाली संस्करण हुन् । मगर साहित्यमा विशेष दख्खल राख्ने उहाँले ‘आखिरीआङ भगुमान मालेलेसा’ (आखिरीमा भगवान् रहेनछ) र ‘आर्मिट्च मामरी’ (सम्झनाका घाउ) प्रकाशन गरिसक्नुभएको छ । ती दुवैलाई ‘झुस्या’ आफैँले नेपालीमा अनुवाद गर्नुभएको हो । यो क्रममा ‘आखिरीमा भगवान् रहेनछ’लाई शीर्षक परिवर्तन गरेर ‘विश्वास’ राखिएको हो ।

उपन्यास ‘सम्झनाका घाउ’ दशवर्षीय माओवादी जनयुद्धको कथामा आधारित छ भने समाजमा रहेको कुसंस्कृति र अन्धविश्वासविरुद्धको आवाज ‘विश्वास’मा समेटिएको छ । प्रलेसको आयोजनामा भएको कार्यक्रममा नेता थापाले ‘झुस्या’का उपन्यासले ‘सत्यम्, शिवम् र सुन्दरम्’ तीनै कुरा स्थापित गरेको बताउनुभयो ।

कार्यक्रममा आहुति, जगत् उपाध्याय, रमेश भट्टराई लगायतले समीक्षा गर्दै कृति उपन्यासभन्दा बढी संस्मरणात्मक भएको बताउनुभयो । विसं २००९ मा स्याङ्जामा जन्मिनुभएका ‘झुस्या’का करिब २१ कृति प्रकाशन भइसकेका छन् ।

वि.सं.२०७३ असोज १४ शुक्रवार ०२:२५ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...