Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित गर्न नेपालको आह्वान



१४ असोज, काठमाडौँ । सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित हुने गरी चाँडोभन्दा चाँडो सार्क शिखर सम्मेलन आयोजना गर्नेतर्फ सहज वातावरण तयार गर्न नेपालले आह्वान गरेको छ ।

सार्कको अध्यक्ष राष्ट्रको हैसियतले बुधबार विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले आयोजक राष्ट्रका तर्फबाट आवश्यक वातावरण बनाउन पहल हुने विश्वास व्यक्त गर्दै वर्तमान अध्यक्षको हैसियतले नेपालले आफ्नातर्फबाट पूरा गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेकोे स्पष्ट पारेको छ ।

नेपालले सार्क शिखर सम्मेलन अनिश्चितकालसम्म स्थगन हुनु सार्क सदस्य राष्ट्रको हितमा नहुने समेत उल्लेख गरेको छ । आगामी कात्तिक २४ र २५ गते पाकिस्तानको इस्लामाबादमा हुने तय भएको १९ औँ सार्क शिखर सम्मेलनमा चार सदस्य राष्ट्रले सहज वातावरण नभएका कारणबाट सफलतापूर्वक सम्मेलन सम्पन्न हुन नसक्ने भन्दै सहभागिता जनाउन नसक्ने जानकारी गराएपछि नेपालको यस्तो भनाइ आएको हो ।

सार्कको परम्परामा एक सदस्य राष्ट्रले मात्र भाग लिन नसक्ने जानकारी गराएको अवस्थामा पनि शिखर सम्मेलन आयोजना हुन नसक्ने प्रावधान छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ