back
CTIZAN AD

सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित गर्न नेपालको आह्वान

वि.सं.२०७३ असोज १४ शुक्रवार

1.2K 

shares

१४ असोज, काठमाडौँ । सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित हुने गरी चाँडोभन्दा चाँडो सार्क शिखर सम्मेलन आयोजना गर्नेतर्फ सहज वातावरण तयार गर्न नेपालले आह्वान गरेको छ ।

सार्कको अध्यक्ष राष्ट्रको हैसियतले बुधबार विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले आयोजक राष्ट्रका तर्फबाट आवश्यक वातावरण बनाउन पहल हुने विश्वास व्यक्त गर्दै वर्तमान अध्यक्षको हैसियतले नेपालले आफ्नातर्फबाट पूरा गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेकोे स्पष्ट पारेको छ ।

नेपालले सार्क शिखर सम्मेलन अनिश्चितकालसम्म स्थगन हुनु सार्क सदस्य राष्ट्रको हितमा नहुने समेत उल्लेख गरेको छ । आगामी कात्तिक २४ र २५ गते पाकिस्तानको इस्लामाबादमा हुने तय भएको १९ औँ सार्क शिखर सम्मेलनमा चार सदस्य राष्ट्रले सहज वातावरण नभएका कारणबाट सफलतापूर्वक सम्मेलन सम्पन्न हुन नसक्ने भन्दै सहभागिता जनाउन नसक्ने जानकारी गराएपछि नेपालको यस्तो भनाइ आएको हो ।

सार्कको परम्परामा एक सदस्य राष्ट्रले मात्र भाग लिन नसक्ने जानकारी गराएको अवस्थामा पनि शिखर सम्मेलन आयोजना हुन नसक्ने प्रावधान छ ।

वि.सं.२०७३ असोज १४ शुक्रवार ०२:२८ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...