Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

औषधि व्यवस्था विभागमा लागूऔषध लुकाउने गुप्ताविरुद्ध मुद्दा



१४ असोज, काठमाडौँ । औषधि व्यवस्था विभागको कार्यालयमा लागुऔषध फेला परेपछि पानस फर्मास्युटिकल्स संस्थाका सम्पर्क अधिकृत सुनिल गुप्तालाई प्रहरीले लागुऔषध अपराधअन्तर्गत मुद्दा चलाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नारायण ढकालले विभागमा रहेका ७० वटा दराज औषधि कम्पनीहरूले प्रयोग गर्दै आएको तथा त्यसमा १७ हजार दर्ता भएका फाइल र २१ हजार औषधि फर्म दर्ता भएको जानकारी दिँदै औषधि कम्पनीलाई औषधिको नमुना राख्न छुट्टाछुट्टै दराज उपलब्ध गराइएको बताउनुभयो ।

बुधबार नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले विभागबाट पानस फर्मास्युटिकल्सको दराजको भित्री लकरमा २२ ग्राम लागुऔषध हेरोइन फेला पारेको थियो । महानिर्देशक ढकालले भने दराजको भित्री साँचो आफूहरूसँग हुने भए पनि भित्री लकरको साँचो भने नहुने बताउनुभयो । प्रारम्भिक अनुसन्धानपछि उक्त लागुऔषध पानसका बजार निर्देशक नरेश श्रेष्ठले गुप्तालाई कम्पनीले निलम्बन गरेको जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा