back
CTIZAN AD

औषधि व्यवस्था विभागमा लागूऔषध लुकाउने गुप्ताविरुद्ध मुद्दा

वि.सं.२०७३ असोज १४ शुक्रवार

1.2K 

shares

१४ असोज, काठमाडौँ । औषधि व्यवस्था विभागको कार्यालयमा लागुऔषध फेला परेपछि पानस फर्मास्युटिकल्स संस्थाका सम्पर्क अधिकृत सुनिल गुप्तालाई प्रहरीले लागुऔषध अपराधअन्तर्गत मुद्दा चलाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नारायण ढकालले विभागमा रहेका ७० वटा दराज औषधि कम्पनीहरूले प्रयोग गर्दै आएको तथा त्यसमा १७ हजार दर्ता भएका फाइल र २१ हजार औषधि फर्म दर्ता भएको जानकारी दिँदै औषधि कम्पनीलाई औषधिको नमुना राख्न छुट्टाछुट्टै दराज उपलब्ध गराइएको बताउनुभयो ।

बुधबार नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले विभागबाट पानस फर्मास्युटिकल्सको दराजको भित्री लकरमा २२ ग्राम लागुऔषध हेरोइन फेला पारेको थियो । महानिर्देशक ढकालले भने दराजको भित्री साँचो आफूहरूसँग हुने भए पनि भित्री लकरको साँचो भने नहुने बताउनुभयो । प्रारम्भिक अनुसन्धानपछि उक्त लागुऔषध पानसका बजार निर्देशक नरेश श्रेष्ठले गुप्तालाई कम्पनीले निलम्बन गरेको जानकारी दिनुभयो ।

वि.सं.२०७३ असोज १४ शुक्रवार ०२:०९ मा प्रकाशित

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको...

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

काठमाडौं । नेपाल सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको...