Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

सकेसम्म किसानका लागि लड्नेछु:कृषिमन्त्री चौधरी



asta-ja-program

१४ असोज, काठमाण्डौं । माफियाहरु धेरै सल्बलाएका छन् । राजनैतिक नेताहरुको पनि यता उता स्वार्थ होला । म माटो,उत्पादन र व्यवसायिक कृषिका पक्षमा डटेर लाग्नेछु । अष्ट ज अभियान नेपालद्धारा आयोजित विजयादशमी, नेपाल सम्वत, दिपावली, छठ र ल्होसार पर्वका अवसरमा आयोजित संक्षिप्त अन्र्तक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रममा कृषि विकास मन्त्री गौरीशंकर चौधरीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

asta-ja-1
कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भन्नुभयो ‘किसानका समस्या र निराशा हटाउन अष्ट ज सँग मिलेर अगाडी बढ्ने बताउँदै कृषिको महत्व र सम्भावना बुझाउन एकसाथ सहकार्य हुन्छ ।’
अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्की, कृषि सामग्री कम्पनीका अध्यक्ष तोयानाथ थपलिया, अष्ट ज अभियन्ता खेमनाथ शर्मा पौडेल, निलकण्ठ तिवारी,कृष्णराम मगराती, व्यवसायिक कृषकहरु चन्द्रा केसी बास्तोला, पुष्कर केसी, संगीता लामा, जयकला बस्नेत,देवसुन्दर मरेता, रामचन्द्र सापकोटा लगायतका व्यक्तिहरुले कृषि क्षेत्रको समग्र समस्याका विषयमा धारणा राख्नु भएको थियो ।
अन्र्तरक्रियात्मक शुभकामना नाम दिइएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि सहित १ सय ५० अभियन्ताको उपस्थिती थियो ।

asta-ja-2

 


-->

उर्मिला कोइराला, भक्तपुर जन्मिएको मझेरी तपतप तेलसँगै घामको पहिलोदेखि अन्तिम किरणसम्म सुस्ताएको पिँढी ताते

डा. देवी पन्थी झरीमा नभिज्नू चिसो याममा सिरानी भिजाउँछु सधैं रातमा । छुँदै छुन्न

सीता शर्मा ’शीत’, सिक्किम म जस्तै तिमी तड्पिएर नबस्नू कसैलाई धड्कन दिएर नबस्नू डुबी

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.