back
CTIZAN AD

संविधान कार्यान्वयनको विकल्प छैन– मन्त्री भण्डारी

वि.सं.२०७३ असोज १४ शुक्रवार

966 

shares

१४ असोज,पोखरा । वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले संविधान कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुको विकल्प छैन भन्नुभएको छ ।

वन विज्ञान अध्ययन संस्थान पोखराद्वारा आयोजित “समृद्धि र उच्च शिक्षाका लागि वन” विषयक कार्यशाला गोष्ठिको यहाँ आज उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि मधेसवादी राजनीतिक दलको मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधन प्रक्रिया अघि बढेको र त्यसमा प्रतिपक्षको सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले राजनीतिक परिवर्तन धेरै भए तर त्यसको सबल व्यवस्थापन हुन नसक्दा मुलुकको स्थिति अहिले पनि जटिल नै रहेको चर्चा गर्दै सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमति, सहकार्य र एकताको खाँचो औंँल्याउनुभयो ।

अबको ६ महिनाभित्र जङ्गलभित्र रहेका गोलिया काठको टुङ्गो लगाउन आपूmले निर्देशन दिइसकेको जानकारी दिँदै उहाँले राम्रा काठ प्रयोगमा ल्याउने, नराम्रालाई दाउरामा र कामै नलाग्नेलाई जलाएर खरानी बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भण्डारीले वन जङ्गलमा अतिक्रमण, चोरी निकासी र अनियमिता हुने गरेकोमा चिन्ता व्यक्त गर्दै उहाँले वन क्षेत्रमा कार्यरत जनशक्तिले यसको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बूढाथोकीले वन व्यवस्थापनले देशको गरिबी र भोकमरीको अन्त्य गरी देशलाई समृद्धशाली बनाउन सकिने बताउनुभयो ।

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले वन क्षेत्रको विकासमा धेरै नै चुनौती छन् तर यसवाट राज्य भाग्ने होइन, सामना गरेर अघि बढ्ने छ भन्नुभयो ।

कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका डीन कृष्णराज तिवारी,, क्याम्पस प्रमुख डा वीरबहादुर खनाल क्षेत्री, त्रिभुवन विश्वविद्यालय योजना शाखाका प्रमुख डा रिदिसकुमार पोखरेल र प्रा विनोह ह््यजुलगायतले मुलुकको समृद्धिका लागि वनको दिगो व्यवस्थापन हुनुपर्नेमा जोडदिनुभयो । रासस

वि.सं.२०७३ असोज १४ शुक्रवार १०:२२ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...