back
CTIZAN AD

पाकिस्तानमा आगलागीका कारण पाँच बालबालिकाको मृत्यु, छ जना घाइते

वि.सं.२०७३ असोज १४ शुक्रवार

1K 

shares

१४ असोज,श्लामावाद (पाकिस्तान) । पाकिस्तानको दक्षिणी क्षेत्रमा पर्ने मिरपुर खास जिल्लामा अवस्थित एउटा बालगृहमा भएको आगलागीमा परी पाँच जना बालबालिकाको मृत्यु भएको छ ।

घटनामा परी अन्य ६ जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सिन्ध प्रान्तको लियाकट नगरमा रहेको पाकिस्तान स्विट होम्स् नामक सार्वजनिक बालगृहमा बस्ने बालबालिकाले अज्ञानताबस अत्तर (बडी पर्फ्युम) लाई लामखुट्टे धपाउन बालेको धुपमा छर्केपछि आगलागी शुरु भएको यहाँको सामा समाचार संस्थाले जनाएको छ ।

अग्नी नियन्त्रक र उद्धार टोलीले घाइतेहरुलाई तत्काल नजिकैको अस्पतालमा लगेका थिए । आगलागी भएका बेला आगलागी भएको कोठामा ११ जना बालबालिका रहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७३ असोज १४ शुक्रवार १०:११ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...