back
CTIZAN AD

बेलायत बहिर्गमनका शर्त अझै अस्पष्ट

वि.सं.२०७३ असोज १४ शुक्रवार

1.2K 

shares

१४ असोज,लण्डन (बेलायत) । बेलायती जनताले बेलायतलाई युरोपेली युनियनबाट बाहिरिने प्रक्रियामा लैजान जनादेश दिएको शुक्रबार एकसय दिन पुगेको भए पनि आवश्यक तयारीलाई अगाडि बढाउने कुरामा यहाँको सरकारले अझै स्पष्ट धारणा निर्माण गर्न सकेको छैन ।

यसबारे प्रतिक्रिया दिँदै बेलायती प्रधानमन्त्री थेरेसा मेले बेलायतको बहिर्गमनका लागि जनताले दिएको मतादेशलाई स्वीकार गर्दै आफूले मुलुकको हितमा हुने गरी इयूसँग सम्झौता गर्ने बताउनुभएको छ । उहाँको ‘बेक्जिट’ प्रक्रियाबारे यति छिट्टै अनावश्यक प्रतिक्रिया आउनु ठीक नभएको दाबी थियो ।
बेलायका विदेशमन्त्री बोरिस जोनसनले गत हप्ता बेलायतले आफ्नो इयूबाट बहिर्गमन हुने प्रक्रियामा अर्को वर्षमा सुरु भएर दुई वर्षभित्र इयूको प्रसिद्ध लिसवन सम्झौताको बुँदा नं ५० लाई कार्यान्वयनमा ल्याउने बताउनुभएको थियो ।

तर प्रधानमन्त्री मेको डाउनि¬ङ स्ट्रिट कार्यालयले भने जोनसनको धारणाभन्दा भिन्न प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री मेले सम्झौतालाई यसै वर्षको अन्त्यसम्ममा कार्यान्वयनमा लाने प्रतिबद्धता जनाउनुभएको छ ।

यसैगरी लण्डनमा बेलायत बहिर्गमनबारे भएको छलफल पछि ‘युरोपियन पार्लियमेन्ट’ का अध्यक्ष मार्टिन सुल्जले बेलायत सरकारले लिसवन सम्झौताको धारा नं ५० लाई कार्यान्वयन गर्नेतर्फ कुनै निर्णय लिने तयारी नै नगरेको भन्दा यस्तो अवस्थामा कसरी बहिर्गमन प्रक्रियालाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बहस गम्भीर रुपमा नलिएको बताउनुभएको छ ।

सुल्ज लगायतका अन्य इयु नेताले बेलायतलाई यो प्रक्रियालाई छिट्टै अघि बढाउने आग्रह गर्नुभएको छ । उहाँहरुले अनिश्चितताले प्रक्रियामा अवरोध आउन सक्नेप्रति ध्यानाकर्षण गराएका छन् ।

बेक्जिट प्रक्रियालाई अगाडि बढाउने विषयमा फ्रान्स र जर्मनीमा आगामी वर्ष हुन गइरहेको निर्वाचनले पनि थप लम्ब्याउने अवस्था आएको छ ।

थेरेसा मे प्रधानमन्त्रीमा नियुक्त भएपछि बेलायती नेताहरुबीच नै इयुबाट बेलायतको बहिर्गमन हुँदा नरम वा कडा कस्तो नीति लिने भन्ने विषयमा भर्खर बहस चलिरहेको र बेलायती नेता यस विषयमा विभाजित रहेका सुल्जको प्रतिक्रिया थियो ।

कडा बहिर्गमनको अर्थ बेलायतलाई इयु सम्बद्ध सङ्घ सङ्गठनबाट एकैपटक बाहिरिने र इयुको एकल बजारनीतिबाट बाहिर आउने अर्थ हुन्छ । त्यसैगरी नरम बहिर्गमन नीतिको अर्थ इयुको एकल बजारनीतिमा कुनै न कुनै रुपमा रहने गरी बेक्जिट प्रक्रिया अगाडि बढाउने भन्ने हो । इयु नेताले बेलायतमा रहेका इयु सदस्य राष्ट्रका मजदुरलाई स्वतन्त्र अभियानमार्फत निरन्तर प्रयास राख्ने बताएका छन् ।

इयु जनमत सङ्ग्रहमा आप्रवासी समस्यामाथि पनि विशेष चासो राखिएको थियो । यसमा बेलायती प्रधानमन्त्री मेले नयाँ आउने आप्रवासी नियन्त्रणमा केही कडाइ गरिनुपर्ने धारणा राख्नुभएको थियो ।

बेलायतले अन्य गैर–इयु राष्ट्रका मुलुकले भन्दा बढी अधिकार युरोपको बजारमा पाउनुपर्ने दाबी नगर्न इटालीका प्रधानमन्त्री मेटेओ रञ्जीले बताउनुभयो ।

युरोपी नेताहरुले बेलायतले बहिर्गमन प्रक्रियालाई छिटो गरी सुरु गर्नुपर्ने बताउँदै यसमा आफ्नो कडा प्रतिबद्धता रहने बताए ।

त्यसैगरी स्लोभाकियाली प्रधानमन्त्री रोवर्ट फिकोले बेलायतको सुनौलो आशाका बावजुद इयु बहिर्गमन बेलायतका लागि पीडादायक रहने बताउनुभयो ।

बेलायत इयुमा रहिरहने वा बाहिरिने सवालमा भएको जनमत सङ्ग्रहमा ४८ प्रतिशत बेलायतीहरुले इयुमा रहनुपर्ने पक्षमा मतदान गरेका थिए । रासस÷एएफपी

वि.सं.२०७३ असोज १४ शुक्रवार १०:१० मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...