Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

जापानमा सम्पन्न किक बक्सिङको उपाधि नेपालीलाई



१५ असोज, टोकियो (जापान) । जापानमा शुक्रबार साँझ सम्पन्न किक बक्सिङ प्रतियोगिताको एक खेलमा नेपालीले उपलब्धि हात पार्न सफल भएका छन् ।

रोमाञ्चक प्रतिस्पर्धामा जापानी प्रतिद्वन्द्वी ताकिहिको साइतोलाई हराउँदै मार्सल आर्ट्स किक बक्सिङका नेपाली खेलाडी मोहन महर्जन ड्रागनले उपाधि हात पार्न सफल भएका हुन् । यसअघि पनि जापानका विभिन्न स्थानका खेलमा सहभागिता जनाउँदै आएका महजर्नले उपाधि भने पाएका थिएनन् ।

सत्सठ्ठी किलोग्राम तौलका खेलाडीलाई खेल सुरु भएको ४० सेकेन्डमै लगातार प्रहार गरी हराएर उपाधि हात पारेपछि महर्जन टोकियोको सुइदोबासीस्थित दोम खेलस्थलमा रमाएका थिए ।

यसअघिका प्रतियोगितामा लगातार हार व्यहोर्दै आएका महर्जनले यस पटक भने आफूलाई पूरै तयारीमा लाग्न समय पाएकाले उपलब्धि हात पार्ने सपना रहेको बताउँदै आएका थिए ।

जित हात पारेपछि महर्जनलृे उपलब्धि आफ्नो मात्र नभई जापानवासी र सम्पूर्ण नेपालीको भएको बताए । “जितको पछाडि सम्पूर्ण जापानवासी नेपालीको हौसला थपिएको छ, यो हौसलाले भोलिका दिनमा हुने विश्वका चर्चित खेलाडीसँग भिड्ने गरी तयारीमा लाग्न मद्दत मिलेको छ” महर्जनले भने ।

काठमाडौँबाट करिब १५ वर्षअघि अध्ययनका लागि आएका महर्जनले यसअघि दक्षिण कोरियामा भएको प्रतियोगितामा हार व्यहोरेका थिए । रासस ९तस्बिर उपलब्ध छ०


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम