back
CTIZAN AD

जापानमा सम्पन्न किक बक्सिङको उपाधि नेपालीलाई

वि.सं.२०७३ असोज १५ शनिवार

2K 

shares

१५ असोज, टोकियो (जापान) । जापानमा शुक्रबार साँझ सम्पन्न किक बक्सिङ प्रतियोगिताको एक खेलमा नेपालीले उपलब्धि हात पार्न सफल भएका छन् ।

रोमाञ्चक प्रतिस्पर्धामा जापानी प्रतिद्वन्द्वी ताकिहिको साइतोलाई हराउँदै मार्सल आर्ट्स किक बक्सिङका नेपाली खेलाडी मोहन महर्जन ड्रागनले उपाधि हात पार्न सफल भएका हुन् । यसअघि पनि जापानका विभिन्न स्थानका खेलमा सहभागिता जनाउँदै आएका महजर्नले उपाधि भने पाएका थिएनन् ।

सत्सठ्ठी किलोग्राम तौलका खेलाडीलाई खेल सुरु भएको ४० सेकेन्डमै लगातार प्रहार गरी हराएर उपाधि हात पारेपछि महर्जन टोकियोको सुइदोबासीस्थित दोम खेलस्थलमा रमाएका थिए ।

यसअघिका प्रतियोगितामा लगातार हार व्यहोर्दै आएका महर्जनले यस पटक भने आफूलाई पूरै तयारीमा लाग्न समय पाएकाले उपलब्धि हात पार्ने सपना रहेको बताउँदै आएका थिए ।

जित हात पारेपछि महर्जनलृे उपलब्धि आफ्नो मात्र नभई जापानवासी र सम्पूर्ण नेपालीको भएको बताए । “जितको पछाडि सम्पूर्ण जापानवासी नेपालीको हौसला थपिएको छ, यो हौसलाले भोलिका दिनमा हुने विश्वका चर्चित खेलाडीसँग भिड्ने गरी तयारीमा लाग्न मद्दत मिलेको छ” महर्जनले भने ।

काठमाडौँबाट करिब १५ वर्षअघि अध्ययनका लागि आएका महर्जनले यसअघि दक्षिण कोरियामा भएको प्रतियोगितामा हार व्यहोरेका थिए । रासस ९तस्बिर उपलब्ध छ०

वि.सं.२०७३ असोज १५ शनिवार ०४:०६ मा प्रकाशित

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...